लुविस अंग्रेजी स्कूलद्वारा भव्यरुपमा स्वर्ण जयन्ती पालन

Share this news

मिरिककाे प्रतिष्ठित लुविस अग्रेजी स्कूलले स्थापनाकाे पचास वर्षे स्वर्ण जयन्ती वर्षव्यापी पालन गर्ने क्रममा शुक्रबार अभिभावक अनि मिरिकका गण्यमान्य ब्यक्तिहरूलाई सहभागी गराई रङ्गारङ्ग साँस्कृतिक कार्यक्रम प्रस्तुत गरियाे। हिजो 24 सेप्टेम्बरमा अन्तर विद्यालय दाैड प्रतियोगिताको आयाेजना गरेकाे थियाे। शनिबार कार्यक्रम अन्तर्गत भूतपूर्व विद्यार्थी संगठनले विविध कार्यक्रम आयाेजना गर्ने भएको छ। शुक्रबार लुविस अग्रेजी स्कूलमा आयोजित रङ्गारङ्ग साँस्कृतिक कार्यक्रममा वर्तमानमा अध्यनरत विद्यार्थीहरूले गीत ,नृत्य आदि प्रस्तुत गरेर उपस्थित सबैलाई मनाेरन्जन प्रदान गरे। कार्यक्रममा जुबली गीत, मारूनी नृत्य, शास्त्रीय नृत्य लगायत अन्य नृत्यहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा कवि विचन्द्र लगायत पर्यावरणविद एलबी देवान, मिरिक उमाविका भूतपूर्व प्रधान अध्यापक गजेन्द्र गुरूङ, रसदल गाउँ जुनियर हाई स्कूलका शिक्षक प्रभारी अजम प्रधान ,सभासदहरू मिलेस राई, धुर्ब बम्जन लगायत धेरै विशिष्ट ब्यक्तिहरूकाे गरिमामय उपस्थिति रहेकाे थियाे। यस अवसरमा बाेल्दै स्कूलका संस्थापक निर्देशक लियाेनार्ड सुब्बाले लुविस अग्रेजी स्कूलकाे पचासाैं स्थापना दिवस भव्य अनि सभ्यरूपमा पालन गर्न पाउनु सुखद क्षण रहेकाे बताउँदै उक्त कार्यक्रमलाई भब्य बनाउन स्कूलका पूर्व विद्यार्थीहरूकाे सक्रियता र भूमिका अहम रहेकाे बताए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान