खरसाङको वार्ड नम्बर 9 अन्तर्गत टुरिस्ट लजमुनिपट्टि रहेको सुधपा टोलमा पैह्रोले भत्काएको सडक र कल्बट मरमत्ति कार्यपछि बाइपास रोड खोलिएको छ। गत 8 अगस्तको दिन लगातार परेको पानीले गर्दा उक्त कल्बट भत्किएपछि खरसाङको बाइपास रोड बन्द भएको थियो। उक्त भत्किएको कल्बटको क्षेत्रीय सभासद श्याम शेर्पाले भ्रमण निरीक्षण गरेर मरमत्तिको लागि पहल गरिएको थियो। उक्त पैह्रोले भत्काएको कल्बटको मरमत्तिको कार्य जीटीएमार्फत् खरसाङ ईञ्जिनियरिङ विभागबाट गत 13 अगस्तदेखि शुरु गरिएको थियो भने आज यसको मरमत्ति कार्य पूरा भएपछि आधिकारिक रूपमा गाडीहरुको लागि खोलिएको छ। मरमत्तिको कार्य समाप्त भएपछि बाईपास रोड खोलाउन क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, विभागीय अधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए।
