लेबुङ्गमा रहेको सैन्य अस्पताल अन्यत्र नसार्न विष्टको ज्ञापन

Share this news

सांसद राजि विष्टले रक्षा मन्त्री राजनाथ सिंह र रक्षा कर्मचारी प्रमुख र सैनिक मामिलाको विभागका सचिव जनरल अनिल चौहानसँग भेट गरेका छन्। जसले १६३ सैन्य फिल्ड अस्पताल, हाल लेबुङ्ग, दार्जीलिङमा रहेको छ, जुन यहाँ नै रहिरहोस् र अन्यत्र स्थानान्तरण नहोस् भन्ने विषयमा उनीहरूको हस्तक्षेपको लागि अनुरोध गरेका छन्। यसबारेमा सांसद विष्टले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। विष्टले उनलाई गोरखा युवा, जो क्षेत्रीय सेनामा नामांकन गर्न खोजिरहेका छन्, का लागि विशेष मार्कको छुट दिन पनि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सांसदले उनीहरूलाई जानकारी दिए अनुसार दार्जीलिङ् पहाडहरूमा कार्यरत सैनिकहरूको सबैभन्दा ठूलो संख्या, उनीहरूको परिवार र २०,००० भन्दा बढी पूर्व सैनिक र तिनका परिवार छन्। यति ठूलो समुदायको लागि, लेबुङ्ग सैन्य अस्पतालको उपस्थिति केवल एक महत्वपूर्ण चिकित्सा सुविधा मात्र नभएर भारतीय सेना र यो क्षेत्रका जनताको बीचको विश्वास, आश्वासन, र ऐतिहासिक सम्बन्धको प्रतीक पनि हो भन्दै उनीहरूलाई यो विषयको जाँच गरिदिन र दार्जीलिङमै अस्पताललाई राख्नका लागि हस्तक्षेप गर्न अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान