hospital at Lebung
hospital at Lebung

लेबुङ्गमा रहेको सैन्य अस्पताल अन्यत्र नसार्न विष्टको ज्ञापन

Share this news

सांसद राजि विष्टले रक्षा मन्त्री राजनाथ सिंह र रक्षा कर्मचारी प्रमुख र सैनिक मामिलाको विभागका सचिव जनरल अनिल चौहानसँग भेट गरेका छन्। जसले १६३ सैन्य फिल्ड अस्पताल, हाल लेबुङ्ग, दार्जीलिङमा रहेको छ, जुन यहाँ नै रहिरहोस् र अन्यत्र स्थानान्तरण नहोस् भन्ने विषयमा उनीहरूको हस्तक्षेपको लागि अनुरोध गरेका छन्। यसबारेमा सांसद विष्टले एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्। विष्टले उनलाई गोरखा युवा, जो क्षेत्रीय सेनामा नामांकन गर्न खोजिरहेका छन्, का लागि विशेष मार्कको छुट दिन पनि अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सांसदले उनीहरूलाई जानकारी दिए अनुसार दार्जीलिङ् पहाडहरूमा कार्यरत सैनिकहरूको सबैभन्दा ठूलो संख्या, उनीहरूको परिवार र २०,००० भन्दा बढी पूर्व सैनिक र तिनका परिवार छन्। यति ठूलो समुदायको लागि, लेबुङ्ग सैन्य अस्पतालको उपस्थिति केवल एक महत्वपूर्ण चिकित्सा सुविधा मात्र नभएर भारतीय सेना र यो क्षेत्रका जनताको बीचको विश्वास, आश्वासन, र ऐतिहासिक सम्बन्धको प्रतीक पनि हो भन्दै उनीहरूलाई यो विषयको जाँच गरिदिन र दार्जीलिङमै अस्पताललाई राख्नका लागि हस्तक्षेप गर्न अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान