डुवर्सको तुलसीपाडा पुल नजिक भएको सडक दुर्घटनामा २० जना श्रमिक घाइते भएका छन्। उनीहरूमध्ये चालकसहित केहीको अवस्था गम्भीर छ। जानकारी अनुसार, लंकापाडा चिया बगानको २० नम्बर लाइनबाट करिब २० जना श्रमिक बोकेर एउटा सानो गाडी काममा गइरहेको थियो। त्यसै बेला चालकले गाडीको नियन्त्रण गुमाएर पुलमा ठोक्काए। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी बिरपाडा अस्पताल पुर्याइएको थियो। चालक लक्ष्मी प्रजालाई थप उपचारका लागि सिलगढी मेडिकल कलेज रेफर गरिएको छ।
