गितडब्लिङ पोचोक निवासी प्रेनिशा ठकुरीले उत्तरपूर्व एन.एस.एस. महोत्सव-2025 अन्तर्गत प्रस्तुतिकरण बिधामा पहिलो स्थान प्राप्त गरेकी छिन्। पूर्वोत्तर भारतका आठवटा राज्यको प्रतियोगिहरुलाई उछिन्दै प्रेनिशाले यो उपलब्धि प्राप्त गरेकी हुन्।
सिक्किमको संस्कृति, विविधता, र राज्यको जनसांख्यिकी” विषयमा प्रतिस्पर्धा गर्दै, प्रेनिशाले सिक्किम राज्यलाई प्रतिनिधत्व गरेकी थिइन्।
सिक्किमको महादेवी स्किल्स विश्वविद्यालय (MSU) दोस्रो वर्षकी बि-टेक कम्प्युटर विज्ञान र इन्जिनियरिङकी विद्यार्थी प्रेनिशा ठकुरीले उत्तर पूर्व NSS महोत्सव 2025 मा प्रस्तुतीकरण प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी हुन्।
यो कार्यक्रम भारत सरकारको NSS गुवाहाटी क्षेत्रीय निर्देशनालय, युवा मामिला तथा खेलकुद मन्त्रालयले सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभाग, NSS सेलसँगको सहकार्यमा आयोजना गरेको थियो। आठ पूर्वोत्तर राज्यका सहभागीहरू सीप र सांस्कृतिक ज्ञानको प्रतिष्ठित मञ्चमा प्रतिस्पर्धा गर्न गान्तोकको मनन केन्द्रमा भेला भएका थिए। प्रतिभाशाली प्रेनिशा ठकुरी गितडब्लिङको मिडल पोचोक निवासी आमा यशोदा ठकुरी तथा बुवा दुर्गा ठकुरीकी कान्छी छोरी हुन्। प्रेनिशाले स्थानीय पोचोक प्राथमिक पाठशालाबाट शैक्षिक यात्रा सुुरू गरी यहाँको सन्त जोसेफ विद्यालयमा अध्ययन गरेकी हुन्। उनको यो उपलब्धिमा क्षेत्रवासीले प्रेनिशालाई वधाइ दिएका छन्।
