रिपाेटर्स क्लबअफ मिरिकको पाँचाैं स्थापना दिवस पालन

Share this news

रिपाेटर्स क्लबअफ मिरिकले क्लब गठनकाे पाँचाैं स्थापना दिवस साथै मिरिक गाैरव सम्मान कार्यक्रमकाे आयाेजना सफलतापूर्वक गरेकाे थियो। क्लबका मुख्य संरक्षक एसबी गजमेरकाे अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले संचालन गरेकाे कार्यक्रममा मिरिक साहित्य सुनाैं परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथि थिए। मिरिका विभिन्न संघ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरूकाे उपस्थितिमा भएकाे कार्यक्रममा कार्यक्रम अध्यक्ष, मुख्य अतिथि अनि अतिथिहरूले दीप प्रज्वलन गरेपछि रिपोर्टस क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसाहाङले रिपोर्टस क्लब अफ मिरिकले क्लब गठन भएपछि स्थापना दिवस पालन गर्दै आए पनि गतबर्षदेखि मिरिक गाैरव सम्मान कार्यक्रम गरेर चुपचाप विभिन्न क्षेत्रमा कार्य गरिरहेका ब्यक्तिहरूलाई सम्मान गर्ने कार्य गरेकाे बताए। तिनले उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै सबैकाे साथ र सहयाेगकाे खाँचाे पर्ने बताए। कार्यक्रममा थर्बु चियाकमानका डाक्टर अरूप कुमार दास, मिरिक अदालतका पहिलाे अधिवक्ता सूरज घिसिङ, घर घर लाहुरेका निर्देशक अवकाशप्राप्त अनरेरी कप्तान सुनिल तामाङ, राेगीहरूलाई अस्पताल लान ल्याउन सहयाेग गरिरहने बिजेन्द्र सेवा, भलिबल खेलाडी अनि मिरिक ब्यवसाय संगठनका अध्यक्ष सेवान राई, सामाजिक युवा कार्यकर्ता मनाेज नामदुङ, पशु प्राणीकाे उपचारमा चाैवीस घण्टा सक्रिय रहने पवन छेत्री अनि लेखिका कविता राई गाँउलेलाई सम्बर्द्धना पत्र, अङ्गवस्त्र, जातीय टाेपी प्रदान गरेर मिरिक गाैरव सम्मानले सम्मानित गरियाे।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान