रीना सुब्बाको “परिवर्तित अनुहार”माथि विमर्श आयोजित

Share this news

युवा लेखिका रीना सुब्बाको तेस्रो कृति उपन्यास “परिवर्तित अनुहार”को परिमार्जित दोस्रो संस्करणमाथि विमर्श कार्यक्रमको आयोजन एसोसिएशन फर रिसर्च अन नन्प्रफीटेबल अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज, आरनोवाले गरेको थियो। आइतबार आयोजित विमर्श कार्यक्रममा डा. पद्मश्री लक्ष्मी देवान र मेनका तामाङले उपन्यासभित्रको विभिन्न पाटोहरूमाथि व्याख्या गरेका थिए। जसको सञ्चालन आरनोवाका उपसचिव लादोर्जे तामाङ विनोदले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन सचिव दिवाकर ढुङगेल शर्माले गरेका थिए।
सिलगढीको चम्पासरी अवस्थित आरनोवाको कार्यालय भवनमा आयोजित कार्यक्रमको अध्यक्षता नारी हस्ताक्षर सुष्मा गुरूङ मोक्तानले गरेकी थिइन् भने मुख्य अतिथि अवकाशप्राप्त कर्णल केशव राई अनि विशिष्ट अतिथि अवकाशप्राप्त क्याप्टन हेमन्त सुब्बा रहेका थिए। यसै गरी आरनोवाका सल्लाहकार डा. जीवन राणालगायत अन्यान्यको पनि उपस्थिति रहेको थियो। विमर्शको पछि महिला पुरूषको सम्बन्धमाथि खुल्ला बहस राखिएको थियो, जसमा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, विमर्षकारद्वय र आरनोवाका उपाध्यक्ष सन्तोषमणि राईले आ-आफ्नो विचार पोखेका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान