75 families including Siddhant Limbu joined IGJF
75 families including Siddhant Limbu joined IGJF

सिद्धान्त लिम्बुलगायत 75 परिवार आइजीजेएफमा सामेल

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्वाचित पञ्चायत समिति सदस्य सिद्धान्त लिम्बु लगायत 75 परिवारले शनिबार इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा समाए। तकदाह टिस्टा भ्याली समष्टिको लोवर कम्जेटमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टको समर्थन सभा सम्पन्न भयो। सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित भएका थिए। त्यसरी नै पार्टीको अन्य केन्द्रीय नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो।समर्थन सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको निर्वाचित पंचायत समिति सदस्य सिधान्त लिम्बु लगायत तृणमूल कांग्रेस साथै गोर्खा जन मुक्ति मोर्चाको समर्थकहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा आस्था र भरोसा राख्दै पार्टीको झण्डा समाए।पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झण्डा सोम्पिए।

इण्डियन गोर्खा जन शक्ति फ्रण्टको झण्डा समाएपछि निर्वाचित पंचायत समिति सदस्य सिद्धान्त लिम्बुले आजको समर्थन सभामा आफु लगायत 75 परिवारहरूले आईजीजेएफको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितालाई कदर गर्दै हामी सबै आईजीजेएफमा सामेल भएका छौं।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा छोडनु धेरै कारणहरू छन् जो यसरी सार्वजनिक रूपमा भन्न मिल्दैन तर अन्याय,अत्यचार,भष्ट्रचारहरू देख्दा देख्दै पनि हामी चुप लागेर बस्न नसक्दा हामी जनताको सेवा गर्न आइजीजेएफमा सामेल भएको बताए। पहाडमा राजनैतिक पार्टीहरू धेरै छ तर सबैले अजय एडवर्डसको जन सेवा कार्यहरू देखेर हामी सबैले आइजीजेएफमा सामेल हुने निर्णय लिएको लिम्बुले बताए। आइजीजेएफमा समर्थन जनाउने हरू अझ छन् भन्दै आगामी केही दिनभित्रमा उनीहरूले पनि आइजीजेएफमा समर्थन जनाउने निश्चित रहेको उनले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ