Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

वार्ड नम्बर 5 र 6 -बाट 71 परिवारले समाउदै भागोप्रमो-मा सामेल

Share this news

दार्जीलिङ, 4 अगस्त(निसं): भरतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीएपीएम) पार्टी पहाडको भविष्य हो, हामी राजनैतिक दल मात्र होइनौ तर पहाडको नयाँ सोच पनि हौ भनी अनित थापा समर्थन कार्यक्रममा भनेका हुन्।
दार्जीलिङ ब्लुमफिल्ड-ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको 5 अनि 6 वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम सम्पन्न । केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा महासचिव अमर लामाको बहुलीबाट लगभग 71 परिवारले पार्टीको झण्डा ग्रहण गरेका छन् ।
समर्थन सभालाई सम्बोधन गर्दै अनित थापाले भने-बीजीएपीएम पार्टी पहाडको भविष्य हो। हामी राजनैतिक दल मात्र होइनौ तर पहाडको नयाँ सोच पनि हौ। हामी दलको अस्तित्वको लडाइँमा होइन, पहाडको अनि समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौ।
थापाले भने, चुनाव जित्ने हाम्रो रहर होइन। चुनाव जिताउने काम त जनताले गर्छ। उनीहरूको सोचले चुनाव जिताउँछ। उनीहरुले हाम्रो काम, व्यवहार, सोचलाई कसरी अनुभव गर्छन्, त्यसैको आधारमा हामीलाई भोट दिन्छन् या दिँदैनन्। त्यसैले चुनावमा जित्छु भनेर हामी काम गर्दैनौं तर हाम्रो कामले कसरी समाजको सेवा हुन्छ अनि व्यक्तिको सोचलाई परिवर्तन गर्छ, त्यो हाम्रो उद्देश्य हो। हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो, सत्ता मोहको राजनीति होइन।
उनले अझ भने, हामी गाली गर्ने, आरोप लगाउने राजनीति गर्दैनौं। हाम्रो राजनीति व्यवहारिक अनि सकरात्मक राजनीति रहेको छ। हामी कसैले उक्साउँदैमा उक्सिन्दैनौं। हाम्रोमा पनि तातो रगत बग्छ तर ठण्डा दिमागले निर्णय लिन्छौ। फरक यही हो। सबैलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा स्वागत छ।




Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या