Hills Terai Dooars tea workers issue
Hills Terai Dooars tea workers issue

एडवर्ड्सद्वारा चिया मजदुरहरूलाई दैनिक ५०० दिन ममतालाई अनुरोध

Share this news

सभासद अजय एडवर्ड्सले चिया बगानका मजदुरहरूका लागि न्यूनतम ज्याला औपचारिक रूपमा लागू नभएसम्म अन्तरिम उपायका रूपमा दैनिक ५०० रुपैयाँ ज्याला दिनुहोस् भनी माननीय मुख्यमन्त्री ममता बनर्जीसमक्ष अपिल गरेका छन्।

सभासद अजय लुकास एडवर्ड्सले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई एक ज्ञापनपत्र बुझाउँदै उत्तर बंगालका पहाड, तराई र डुवर्स क्षेत्रका चिया बगान मजदुरहरूका लागि न्यूनतम ज्याला लागू गर्न राज्य सरकारसँग आग्रह गरेका छन्।

मार्च १२ तारिखको उक्त ज्ञापनपत्रमा एडवर्ड्सले चिया बगान मजदुरहरूले लामो समयदेखि भोग्दै आएको आर्थिक समस्याबारे उल्लेख गरेका छन्।उनले भनेका छन् कि पुस्तौंदेखि यी मजदुरहरूले चिया उद्योगलाई धानेका छन् र आज पनि क्षेत्रीय अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण क्षेत्रलाई टिकाइरहेका छन्। एडवर्ड्सका अनुसार,चिया बगान मजदुरहरूलाई अन्तिम पटक अन्तरिम राहतस्वरूप दैनिक ₹३० वृद्धि १ जुन २०२३ देखि लागू गरिएको थियो।तर त्यसपछि करिब तीन वर्ष बितिसक्दा पनि तलब पुनःसमायोजन वा न्यूनतम ज्याला लागू गरिएको छैन, जसका कारण हजारौं मजदुर परिवारहरू बढ्दो जीवनयापन खर्चका कारण समस्यामा परिरहेका छन्। ज्ञापनपत्रमा छिमेकी राज्यहरूको अवस्थासमेत तुलना गरिएको छ।एडवर्ड्सले उल्लेख गरेका छन् कि असम सरकारले हालै चिया बगान मजदुरहरूको दैनिक ज्यालामा अन्तरिम रूपमा ₹३० वृद्धि स्वीकृत गरेको छ।साथै असममा मजदुरहरूलाई ओरुनोदोई योजना अन्तर्गत ₹९,००० आर्थिक सहायता पनि प्रदान गरिएको छ। उनले थप बताए कि सिक्किमले चिया बगान मजदुरहरूको दैनिक ज्याला ₹५०० निर्धारण गरिसकेको छ।उनका अनुसार सिक्किमको भौगोलिक अवस्था,उचाइ र काम गर्ने वातावरण उत्तर बंगालका पहाड,तराई र डुवर्स क्षेत्रसँग धेरै हदसम्म मिल्दोजुल्दो छ।

यी सबै कारणलाई ध्यानमा राख्दै एडवर्ड्सले मुख्यमन्त्रीसँग औपचारिक रूपमा न्यूनतम ज्याला लागू नभएसम्मका लागि अन्तरिम रूपमा दैनिक ₹५०० ज्याला स्वीकृत गर्न अपिल गरेका छन्।
उनले यस्तो निर्णयले आर्थिक कठिनाइ र बढ्दो जीवनयापन खर्चसँग जुधिरहेका लाखौं चिया बगान मजदुर परिवारलाई ठूलो राहत पुग्ने बताएको छ।
एडवर्ड्सले राज्य सरकारले यो अपिललाई गम्भीरतापूर्वक विचार गरी पहाड,तराई र डुवर्स क्षेत्रका चिया बगान समुदायको हितमा छिट्टै कदम चाल्ने आशा व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ