दवाईपानी क्षेत्रकाे चारवटा मतदान केन्द्रमा 43 जना मतदाताहरुको काटियो

Share this news

मिनरल स्प्रीङ,2 मार्च(निसं): मतदाताहरूको विशेष गहन पुनरीक्षण तथा एसआईआर(स्पेसियल इन्सेन्टिभ रिभ्यु) प्रकियापछि शनिबार चुनाव आयोगले नयाँ मतदाता सूची प्रकाशित गरेको छ। गत वर्ष 4 नोभेम्बरदेखि शुरू गरिएको उक्त एसआईआर प्रक्रियाको समय निर्धारण अनि समय बढोत्तरीसितै अन्ततः हिजो फाइनल सूची प्रकाशित भएसंँगै मतदाताहरूको विभिन्न गुनासोहरु पनि अघि आएको छ। पश्चिम बङ्गाल राज्यको विभिन्न स्थानमा सरह दार्जीलिङ पुलबजार खण्ड अधीनस्थ रहेको विभिन्न ग्राम पञ्चायत क्षेत्रका मतदाता सूची प्रकाशित गरिने क्रममा यता दवाईपानी ग्राम पञ्चायत क्षेत्रकाे चारवटा मतदान केन्द्रका मतदाताहरूको सूची पनि प्रकाशित भएको छ। दवाईपानी ग्राम पञ्चायत क्षेत्रका जम्मा चारवटा मतदान केन्द्रमा गरी जम्मा 22 जना मतदाताहरूको नाम काटिएको जानकारी रहेकोछ। प्रकाशित सूची अनुसार बुथ संख्या 137 मा जम्मा 554 मतदाताहरूको नाम सूचीकृत छन् भने यहाँ 5 जनाको नाम काटिएको छ, यसरी नै बुथ संख्या 138मा 445 मतदाताहरूको नाम सूचीकृत छन् भने यहाँ 2 जनाको नाम काटिएको छ,बुथ संख्या 139 मा 719 जना मतदाताहरूको नाम सूचीकृत छन् भने यहाँ 11 जनाको नाम काटिएको छ औ यसै गरी बुथ संख्या 140 मा जम्मा 487 जना मतदाताहरूको नाम सूचीकृत रहेको छ भने यहाँ 4 जनाको नाम काटिएको जानकारी प्राप्त भएको छ।यी काटिएका नामहरू मृत्यु भएका, अन्य स्थान स्थान्तरण भएका औ आवश्यक कागजपत्रहरु पेश गर्न नसकेका मतदाताहरूको रहेको बीएलओ-हरुबाट थाहा लागेको छ। प्रकाशित सूचीमा पनि कतिपय जीवित व्यक्तिको नाममा डिलिटेड, अनि कतिपय व्यक्तिहरूको नाममा अण्डर एडजुडिकेशन लेखिएको हुँदा यस विषयप्रति मतदाताहरूको गुनासो सुनिएको छ। जीवित भएर पनि डिलिटेड लेखिएको कारणबारे मतदाताको आफन्तसंगको सम्बन्ध रहेको कागजपत्रमा नाम सम्बन्धित त्रुटि रहेको बुझिएको छ।बी एल ओ हेयरिङ त्यसपछि ए ई आरओ ,ई आरओ हेयरिङ पछि पनि धेरैजसो मतदाताहरूको नाम एडजुडिकेशन हेयरिङमा रहेको हुनाले उनीहरूले आ- आफ्नो कागजपत्र सठीक भएर पनि के कारणले यस्तो भएको भन्दै आश्चर्य प्रकट गरेका छ्न् भने आफ्नो नाम सप्लेमेनटरी लिस्टमा समावेश हुनेछ होला भनी आशा व्यक्त गरेका छ्न्।जुन मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको छ, अथवा काटिएको छ उनीहरुले यदि जीवित छन् भने आवश्यक कागजपत्रहरुसहित पुनः आवेदन गर्न सक्ने छन् भनी बीएलओ- द्वारा जानकारी गराएका छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ