समष्टि ४२ लोवर पाबुङमा सडक निर्माण कार्यको शिलान्यास सम्पन्न

Share this news

४२ नम्बर समष्टि अन्तर्गत लोवर पाबुङ क्षेत्रमा बहुप्रतिक्षित सडक निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रुदेन शादा लेप्चा र सभासद हेमन्त राईको विशेष उपस्थिति रहेको थियो।राज्य सरकारको पथ श्री योजना अन्तर्गत निर्माण हुन लागेको उक्त सडक चौतारा डाँडादेखि पच्छिम घिसिङ गाउँसम्म करिब १.५ किलोमिटर लम्बाइको हुनेछ। लामो समयदेखि यातायातको समस्या झेल्दै आएका स्थानीय बासिन्दाका लागि यो सडक निर्माण अत्यन्त महत्वपूर्ण मानिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक रुदेन शादा लेप्चाले ग्रामीण क्षेत्रको समग्र विकास आफ्नो प्राथमिकता रहेको बताउँदै सडक, यातायात, कृषि, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारमा निरन्तर काम भइरहेको उल्लेख गरे। उनले ग्रामीण जनताको जीवनस्तर उकास्न यस्ता योजनाले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले सडक निर्माणको काम सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले गाउँमा नयाँ सम्भावनाहरू खोल्ने बताएका छन्। विशेषगरी कृषि उत्पादन बजारसम्म पुर्‍याउन, बिरामी तथा विद्यार्थीको आवतजावत सहज बनाउन र समग्र आर्थिक गतिविधि बढाउन सडकले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।शिलान्याससँगै गाउँमा उत्साह र खुशीको माहोल देखिएको छ। वर्षौँदेखि देखिएको सपना साकार हुन थालेपछि स्थानीयले विकासको नयाँ अध्याय सुरु भएको प्रतिक्रिया दिएका छन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ