Ruden Lepcha campaign Kalimpong
Ruden Lepcha campaign Kalimpong

समष्टि ३८ लिङ्से पिथामचिनमा रुदेन सादा लेप्चाको चुनावी अभियान

Share this news

चुनावी भ्रमण, प्रचारप्रसार तथा जनतासँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा भागोप्रमो कालेबुङ विधायक उम्मेदवार रुदेन सादा लेप्चा आज र भोलि ३८ नम्बर समष्टिमा सक्रिय छन्। आजको पहिलो चुनावी सभा लिङ्से–पिथामचिन क्षेत्रबाट शुरु गरिएको हो। पिथामचिन सामुदायिक भवनमा सम्पन्न उक्त सभामा तागाथाङ, लिङ्से–दवाइपानी तथा पिथामचिन बुथका जनसाधारणहरूको उल्लेखनीय उपस्थिति देखियो। सभामा व्यापक जनसमर्थन र उत्साहजनक सहभागिताले चुनावी माहोल झन् तातिएको छ। यस क्रममा उम्मेदवार रुदेन सादा लेप्चासँग सभाषद कुमार शर्मा, सभापति पुष्प सुब्बा लगायत अन्य स्थानीय नेतृत्व तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।

यसअघि भागोप्रमो विधायक उम्मेदवार रुदेन सादा लेप्चा आफ्नो चुनावी प्रचारप्रसारको क्रममा आइतबार ४२ नम्बर रेली-समथार समष्टिमा सक्रिय रूपमा जुटिरहेका छन्। यस क्रममा उनीसँग सभाषद हेमन्त थुलुङ लगायत भागोप्रमो कालेबुङ जिल्ला समिति पदाधिकारी, नारी शक्ति, युवा शक्ति, समर्थक तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बिहान रेली बजारबाट सुरु गरिएको समष्टि भ्रमण तथा चुनावी प्रचारप्रसार अभियान पाला खोलाटार, स्योक्वीर खानी बजार, सिञ्जी शुक्रबारे बजार, चारखोल, समथार देवराली, समथार बरगाँज, पन्बु डाँडा लगायत विभिन्न क्षेत्रसम्म पुगेको थियो।

प्रत्येक स्थानमा उनले स्थानीय जनसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना विचार राखे र विकासका प्रतिबद्धताहरू व्यक्त गरे। यस क्रममा उम्मेदवार लेप्चाप्रति व्यापक जनसमर्थन र उत्सुकता देखिएको छ। स्थानीय बासिन्दाहरूले उनलाई आगामी विधानसभा चुनावमा विजयी बनाउने दृढता व्यक्त गर्दै उत्साहजनक सहभागिता जनाएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ