IGJF party joining Darjeeling
IGJF party joining Darjeeling

चुङ्गथुङ्ग मेरीबोङ्ग तामसाङ्गका ३२परिवार आइजीजेएफमा सामेल

Share this news

चुङ्ग थुङ्ग मेरीबोङ्ग तामसाङ्ग समष्टि अन्तर्गत तिनधुरे गाउँबाट १२ घर, गोदामधुरा गाउँबाट ३ घर तथा लिजाहिल मुन्सीधुरा गाउँबाट १ घर गरी जम्मा १६ परिवारले प्रजातान्त्रिक मोर्चाको झण्डा त्याग गरी औपचारिक रूपमा ईण्डेन गोर्खा जनशक्ति फ्रन्टलाई समर्थन जनाउँदै पार्टीमा प्रवेश गरेका छन्। सम्पन्न उक्त कार्यक्रममा समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राई, समष्टि महासचिव अजय प्रधान, दार्जिलिंग सब-डिभिजन सचिव प्रमोद राई तथा सब-डिभिजन उप-सभापति विरेन्द्र तामागंको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले आफ्नो मन्तव्य राख्दै अब पहाडमा वास्तविक परिवर्तनको अन्तिम आशा ईण्डेन गोर्खा जनशक्ति फ्रंट नै भएको उल्लेख गरे। साथै, पहाडका हरेक क्षेत्र र सर्वसाधारण जनतामा परिवर्तनको चाहना स्पष्ट रूपमा देखिएको र जनसमर्थन तीव्र रूपमा बढ्दै गएको कुरा व्यक्त गरिएको थियो। समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राईले आफ्नो सम्बोधनमा आगामी विधानसभा चुनावमा ईण्डेन गोर्खा जनशक्ति फ्रंटले एकपक्षीय जनमतसहित विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

यसअघि भारतीय जनता पार्टी (भाजपा) का जिल्ला समिति सदस्य तथा पुल–बिजबारी मण्डल इञ्चार्ज श्री बिधान राई आधिकारिक रूपमा इण्डिन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्। इण्डिन गोर्खा जनशक्ति फ्रन्ट प्रमुख श्री अजय एडवर्डसको हातबाट पार्टीको झण्डा ग्रहण गर्दै उनले औपचारिक रूपमा पार्टी प्रवेश गरे। कार्यक्रममा समष्टि अध्यक्ष क्याप्टन महिन्द्र राई, महासचिव अजय प्रधान, दार्जीलिङ महकुमा समितिका सचिव प्रमोद राई, महकुमा समितिका उप – सभापति बिरेन्द्र तामाङ्ग लगायत नेताहरूको उपस्थिति रहेको थियो।

आफ्नो मन्तव्यमा श्री बिधान राईले, गोर्खा समुदायलाई भाजपाले केवल भोट बैंकको रूपमा प्रयोग गरेको आरोप लगाउँदै माथिल्लो तहमा एकपक्षीय निर्णय हावी रहेको बताए। उनले अब पहाडको पहिचान र क्षेत्रीयता जोगाउन इण्डिन गोर्खा जनशक्ति फ्रन्ट नै एकमात्र विकल्प भएको स्पष्ट पार्दै भने जो वर्तमान स्थितिमा न त केन्द्र सरकारको दबाव न त राज्य सरकार पक्षमा रहेको छ। कार्यक्रमको अन्त्यमा नेताहरूले नयाँ सदस्यलाई स्वागत गर्दै संगठन सुदृढ गर्ने प्रतिबद्धता जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ