नागरी-धजे समष्टिबाट 30 घर  आइजीजेएफ-मा  सामेल

Share this news

दार्जीलिङ,9 जनवरी(निसं(निसं): इण्डियन गोर्खा जन शक्ति फ्रण्ट(आइजीजेएफ) पार्टीमा समर्थन जनाउनेहरूको घुइँचो अनिपार्टीको भिजनलाई घरघर पुर्‍याउने समर्थकहरूले वाचा गरिएको दाबी आइजीजेएफ मिडिया सेलले जानकारी गराएकोछ।
आइजीजेएफ मिडिया सेलको जानकारी अनुसार,इण्डियन गोर्खा जन शक्ति फ्रण्टमा समर्थन गर्नेहरूको व्यापक अघि आइरहेको छ।
यसैक्रममा बुधबार नागरी-धजे समष्टिको 30 परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्ट माथि आस्था र भरोसा राख्दै पार्टी केन्द्रीय कार्यलयमा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डसको बाहुलीबाट पार्टीको झण्डा समाए।
इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो गठनकालदेखि नै माटो पनि नछोडने,बाटा पनि नछोडने घोषणा गर्दै आई रहेको छ।माटो भन्नले जातीय मुद्दा,बाटो भन्नले विकास रहेको स्पष्ट संकेत दिई सकेका छन्।आईजीजेएफको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितालाई पहाड तराई डुवर्सको जनताले सम्मान गर्दै पार्टीमा समर्थन गर्नेहरूको ओइरो लागेको छ।यसै क्रममा आज शहरको माल रोड-स्थित इण्डियन गोर्खा जन शक्ति फ्रण्टको केन्द्रीय कार्यलय पी कोठीमा समर्थन सभाको आयोजना भएको थियो।
आयोजित समर्थन सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्डस विशेष रूपमा उपस्थित रहेको थियो।त्यसरी नै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य एन वी खवास,सभासद प्रतीम सुब्बा,सभासद जितेन राई आदि उपस्थित रहेका थिए।इण्डियन गोर्खा जन शक्ति फ्रण्टको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितालाई सम्मान गर्दै नागरी-धजे समष्टिको विभिन्न राजनैतिक दलहरूसंग सम्बंध रहेका समर्थकहरूले पार्टीमा समर्थन जनाउने इच्छा जताए अनि पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले खदा लगाउदै पार्टीमा न्यानो स्वागत जनाए।पार्टीको झण्डा समाए पछि समर्थकहरूले पार्टीको भिजन र पार्टी संयोजक अजय एडवर्डसको इमान्दारितालाई घर घरमा पुराउने वाचा गरयो भनी आइजीजेएफ मिडिया सेलको जानकारी छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ