पङ्खाबारी इडेन एकेडेमीको रजत जयन्ती

Share this news

पङ्खाबारी, (निसं): सन्‌‍ 2000 सालमा स्थापित पङ्खाबारी इडेन एकेडेमीले यस वर्ष स्थापनाको पच्चीस वर्ष पूरा गरेको छ। यतिका वर्षको अन्तरालमा यस विद्यालयले स-साना नानीहरूलाई भविष्य निर्माणको निम्ति अहम्‌‍ भूमिका निर्वाह गरेको छ। यसै अवसरमा विद्यालयले मङ्गलवार विविध कार्यक्रमहरूसँगै पारितोषिक वितरण गर्य़ो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन्‌‍ भने विशिष्ट अतिथिको रूपमा रुकमणी थापा,अवकाश प्राप्त शिक्षिका एवं संस्थापक सदस्य साथै कान्छी वाइबा उपस्थित थिए। त्यसबाहेक अतिथिको रूपमा, रामहट्टी समितिका सभापति दिनेश बल,सचिव धर्म प्रधान, पूर्व अध्यक्ष काजी लामा, समृद्धि क्लस्टर दुधेको चेयरपर्सन सुवानु लामा, पंखाबारी ग्राम सुधार समितिका अध्यक्ष जुनेश प्रधान, सचिव हेमन्त थापा, सेन्टलाइन ग्राम सुधार समितिका अध्यक्ष सुरज प्रधान, सचिव राजेश लकान्द्री साथै देवराज शर्मा,आइसीडीएस कर्मी पुष्पा गोले, सहकर्मी रजनी राई,बन्दाखेती सेन्टरका कर्मी बबिता लामा, भेलाकुप आइसीडी सेन्टरकी अन्तिमा घतानी लगायत पंखाबारी ग्राम सुधार समितिका कोषाध्यक्ष शर्णिमा प्रधानका उपस्थित थिए।

कार्यक्रममा विद्यालय पक्षबाट कल्पना प्रधान, असीम राई पूर्व संस्थापक इडेन एकाडेमी, सुबोध लामा, सह संस्थापक इडेन एकेडेमीलाई सम्वर्द्धना जनाइयो भने स्कूल पक्षबाट पूर्व शिक्षक अनि शिक्षिका लगायत सम्पूर्ण शिक्षक परिवारमा पनि मायाको चिन्ह प्रदान गरियो भने रामहट्टी आइसीडीएस केन्द्रका कर्मी पुष्प गोले अनि सहायक रजनी राईलाई सम्मान जनाइयो। त्यसरीनै पङ्खाबारी ग्राम पञ्चायत सदस्य बिमला लामा, रिना लिम्बु, कवि देवराज शर्मालाईलाई पनि सम्मान जनायो । यसै अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई पनि सम्मान जनाइयो भने वार्षिक पारितोष प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिका हातबाट प्रदान गरियो।

स-साना नानीहरूले विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरूका प्रस्तुति दिएका थिए। विद्यालयको पक्षबाट प्रिन्सिपल सुनिता राईले आफ्नो महत्त्वपूर्ण स्वागत शब्द राखेका थिइन्‌‍। आफ्नो स्वागत सम्बोधनमा श्रीमती राईले विद्यालयको 25 वर्षको लामो समयका अमूल्य क्षणहरूका जानकारी गराएका थिइन्‌‍। स-साना नानीहरूको भविष्य निर्माणको निम्ति यस विद्यालयले अथक परिश्रम लगाएका पनि जानकारी गराइन्‌‍। आगामी दिनहरूमा यस स्कूलले स-साना नानीहरूको शिक्षा व्यवस्थालाई आधुनिकरणमा जोड्दै अघि लैजाने बताइन्‌‍।

प्रमुख अतिथिको आसनबाट जीटीए कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा यस विधालयले 25 बर्षका लामो समयमा असलभन्दा असल विद्यार्थीहरूका जग बसाल्न सफल भएकोमा सम्पूर्ण विद्यालय परिवारमा आभार प्रकट गरिन। आजका कम्प्युटर युगमा पढाइ नै सर्वस्व रहेको कारण सम्पूर्ण अभिभावकवर्गले आफ्ना नानीहरूलाई विद्यालयमा शिक्षा आर्जनकानिम्ति पठाउन पर्ने बताइन्‌‍। तिनले शिक्षाबिना अबको जीवन अधुरो रहने जनाइन्। विद्यालय परिवारबाट आफुलाई सम्मानसहित असीम माया दिएकोमा विद्यालयसँगै सम्पूर्ण पङ्खाबारीवासीलाई आभार प्रकट गरिन। भविष्यमा आफु सदैव शिक्षाकानिम्ति जे जस्ता अवस्थामा पनि सहयोग पुऱ्याउने बताइन।

समाजका पूर्व अध्यक्ष काजी लामाले र पूर्व संस्थापक असीम राईले अनि पूर्व सह प्रिन्सिपल अमीर प्रधानले पनि सम्बन्धोन गरेका थिएभने कवि देवराज शर्माबाट मिठो कविता वाचन गरे। कार्यक्रमलाई भाइस प्रिन्सिपल सञ्जु तामाङ अनि सह शिक्षक योगेन प्रधानले गरेका थिए सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ