दुइ सय करोडको मिसन अमृत 2.0 पानी आपूर्ति र सुदृढीकरण

Share this news

खरसाङ नगरपालिकामा दुइ सय करोडको मिसन अमृत 2.0 मार्फत पानी आपूर्ति अनि सुदृढीकरण परियोजनाको शुभारम्भ भयो। यसलाई जीटीए प्रमुख अनित थापाले

“यो सुरुवात मात्र हो भन्दै खरसाङलाई अस्पताल, कार पार्किङ अनि पब्लिक ग्राउण्ड नयाँ वर्षमा उपहार दिने बताए। खरसाङ स्थित मन्टेभियट खेल मैदानमा आयोजित एक भव्य कार्यक्रम माझ खरसाङ नगरपालिकामा लागू हुने अमृत 2.0 परियोजनाको जीटीए मुख्य कार्यपाल अनित थापाले शिलान्यास गरे। अनित थापाले 4 फेब्रुवरी 2022 मा सिलगडीमा बसेको बैठकदेखि पहाडमा अमृत परियोजना ल्याउने पहल सुरु गरेका हुन्। 10 फेब्रुअरी 2023 मा कोलकातामा पुगेर तत्कालीन मन्त्री फिराद हाकिमसँग यस परियोजनामाथि उनले चर्चा गरेका थिए। पहाडको चारवटै नगरपालिकाका अध्यक्षहरु समेत त्यो बैठकमा उपस्थित रहेका थिए। आज 22 नोभेम्बरको शुभ दिनमा खरसाङ नगरपालिकाको निम्ति अमृत 2.0 परियोजनाको शिलान्यास भयाे। अन्य नगरपालिकामा पनि यो योजना लागू भइरहेको छ।

थापा भन्छन् , “यो योजनालाई पहाडमा सजिलोसँग भित्राएका होइनौं। धेरै लामो कसरत गर्नु परेको हो। यो परियोजना सम्पूर्ण खरसाङवासीलाई आज एक सौगातको रूपमा अर्पण गर्दैछु। यस परियोजनाले खरसाङवासीलाई जीवन अमृत दिन सकोस्।

दोष दिएर समस्याको समाधान हुँदैन। हामीले पानीको समस्याको समाधान खोजेर निकालेका हौं। सबैको प्रयासले आज यो पानी आउँदैछ। नगरपालिकाले ठीक ठाउँमा कुरा पुर्याए अनि मैले त्यो ठाउँदेखि कुरा अघि बढाएर लगें। हरेक वार्डवासीको पनि सहयोग हुनुपर्छ। पानीमा राजनीति पटक्कै नगर्नु।”

उनले खरसाङलाई नयाँ सौगातको घाेषणा गर्दै भने, “अझै खरसाङलाई मैले केहि राम्रो उपहार दिनु छ। खरसाङमा नयाँ अस्पताल, कार पार्किङ अनि पब्लिक ग्राउण्ड चाँडै सुरु हुनेछ। नयाँ सालको उपहार नै हुनेछ।”

चुनाउ नजिक आउँदैछ। बीजेपी देखि सतर्क रहने सुझाउ दिंदै उनले भने, “बीजेपीले गोर्खाल्याण्ड दियो भने हामी थाप्ने छौं। तर खोइ दिएको ? पहाडमा लठुवाहरु बस्छन् अनि तिनीहरूलाई जे भन्दा पनि हुन्छ भनेर उनीहरुलाई थाहा छ। अब फेरि बीजेपीले माटो र जातिको कुरा गर्दै आउनेछ। अनित थापालाई फेरि जाति विरोधी बनाउनेछ। हामी राज्य सरकारसँग नै मिलेर काम गर्नुपर्छ। नौकरी, बाटो, पानी दिने राज्य सरकार नै हो।”

 

सुवास प्रधानले अनित थापाको अथक प्रयासको प्रशंसा गर्दै भने, “अनित थापाको दूरदर्शी अनि निरन्तर प्रयासको कारण आज खरसाङ पानीको समस्या समाधान गर्ने मार्गमा हिँडेको छ। यो परियोजना खरसाङ को निम्ति ऐतिहासिक नै हो।”

शिलान्यास कार्यक्रममा सहभागी भएका वार्डवासीको एउटै कुरा रहेको थियो कि जल नै जीवन भन्ने कुरा चाहिँ अब यथार्थ हुने भयो हामी बजारमा बस्नेहरूको निम्ति। सप्ताहमा एकपटक पानी पाउँछौं। सायद अब दैनिक पानी पाउने रहेछौं। अनित थापालाई धन्यवाद दिनु नै पर्छ। हाम्रो ठूलो समस्या समाधान गरिदिनु भयो।

यो परियोजना कस्तो रहनेछ ? केही मुख्य बुँदाहरू यसप्रकार रहेको छ- हाल, खरसाङ नगरपालिकामा पानी आपूर्ति सानो गुरुत्वआधारित प्रणालीमार्फत विभिन्न जलस्रोतहरूबाट हुँदै आएको छ, जस्तै: सिपाही धुरा, अरिङ्गले, चान झोडा, मूर्दाखोला, देवीस्थान, आठ माइल, तेन्दु खोला, थोते खोला आदि। यी स्रोतहरूबाट प्राप्त पानी वर्षायाममा प्रशस्त हुने भए पनि सुख्खा याममा प्रायः पर्याप्त हुँदैन। पानी आपूर्ति प्रणालीलाई पुराना पाइपलाइनहरू मार्फत वितरण गरिन्छ, तर ती स्रोत र संरचना निकै पुराना छन्। नगरपालिकाको अधिकांश क्षेत्र पूर्वाधार अभावका कारण खानेपानीको अभावले ग्रसित छन्। तसर्थ स्थायी र भरपर्दो पानी आपूर्ति सुनिश्चित गर्न नयाँ प्रस्तावित योजना अनुसार बालासन नदीलाई स्रोतको रूपमा प्रयोग गरिनेछ। खरसाङ नगरपालीकाले पिउने पानीको समस्यालाई समाधान गर्न मिसन अमृत 2.0 लाई अपनाएको छ। मिशन ‘अमृत 2.0’ अन्तर्गत, पानीको परियोजना खरसाङ नगरपालिकाका सबै 20 वटा वार्डमा लागू हुनेछ, जसले करिब 42 हजार 446 जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। योजना अनुसार नयाँ प्रणालीले बालासन नदीको पानी संकलन गरी विभिन्न वितरण केन्द्रमा पुर्‍याउनेछ। नगरमा हाल प्रयोग भइरहेका विभिन्न झोडा र प्राकृतिक स्रोतहरूको साटो अब एकीकृत पाइपलाइन नेटवर्कमार्फत घरघरमा पानी पुग्नेछ। परियोजनाका प्रमुख कामहरूमा 18.5 MLD क्षमताको कलेक्टर, 11 वितरण ट्यांक, 94 किलोमिटर लामो ग्राविटी पाइपलाइन, र अत्याधुनिक स्मार्ट व्यवस्थापन प्रणाली समावेश छन्। यस परियोजनाको कुल लागत 100 करोड 99 लाख अनि 85 हजार रुपैयाँ निर्धारण गरिएको छ। यसमा केन्द्र सरकार, राज्य सरकार र नगरपालिका- तीनै तहको संयुक्त योगदान रहनेछ। घरघरमा मिटर जडान हुने र पाइपलाइनमार्फत नियमित पानी आपूर्तिको व्यवस्था गरिनेछ। परियोजना 30 महिनाभित्र, अर्थात् सन् 2026–27 सम्म पूरा हुने अनुमान गरिएको छ। मिशन ‘अमृत 2.0’ योजनाको सफलता पछि सबै घरमा सुरक्षित पिउने पानी पुग्नेछ। पानीको शुद्धिकरण र वितरण प्रणालीमा सुधार आउनेछ र पानीको पुनः प्रयोग सहित 24 घण्टा पानी उपलब्ध हुनेछ। मिशन ‘अमृत 2.0’ अन्तर्गत, यस योजनाको कार्यान्वयनका लागि NABARD कन्सल्टेन्सीले विस्तृत परियोजना रिपोर्ट तयार गरेको हो।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने