15औँ विश्व पाङ्गोलिन(सालक)दिवस चिया बगान क्षेत्रमा मनाइयो

Share this news

दार्जीलिङ,29 फरवरी(निसं): सालक तथा पाङ्गोलिन एउटा अनौठो प्राणी हो जसको शरीर खटिएका मसिना फुस्काहरूले ढाकिएको हुन्छ र यो सँधै कमिला र धमिराले आफ्नो पेट भर्ने गर्छ। संसारभरिमा पाइने आठ प्रकारका पाङ्गोलिन मध्ये चार अफ्रिकामा र चार एसियामा पाइन्छ। भारतमा दुई प्रकारका पाङ्गोलिन पाइन्छ, चिनियाँ  पाङ्गोलिन र भारतीय पाङ्गोलिन हो। यी दुवै पश्चिम बङ्गालको दार्जीलिङमा क्षेत्रमा पाइन्छ।
गत 2014 सालदेखि अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द एन्वायरन्मेन्ट (एटीआरईई)-ले उत्तर बङ्गालको उपहिमालय क्षेत्रमा पाङ्गोलिन संरक्षणको काम गर्दै आएको छ। हरेक वर्ष फरवरीको तेस्रो शनिबार मनाइने विश्व पाङ्गोलिन दिवसको अवसरमा, एटीआरईई-ले विश्व पाङ्गोलिन दिवस-2026 कार्यक्रमको आयोजन गरेको थियो। यसको उद्देश्य स्कूली विद्यार्थीहरुलाई पाङ्गोलिन संरक्षणको बारेमा जागरूक गराउनु थियो।
यो कार्यक्रम दार्जीलिङको राङभाङ उच्चतर माध्यमिक विद्यालयमा भएको थियो,जहाँ कक्षा सातौंदेखि नवौंसम्मका विद्यार्थीहरूले भाग लिए। उनीहरुलाई पाङ्गोलिनको बारेमा जानकारी दिइयो र उनीहरुले पाङ्गोलिन पाइने ठाउँहरुको भ्रमण पनि गरे। विद्यार्थीहरुले पाङ्गोलिनको महत्व र यसको संरक्षणको बारेमा बुझ्न सकेको कार्यक्रममा जनाइयो।
युवावर्ग र उनीहरुको क्षेत्रको भावी संरक्षक हो भन्ने कुरा बुझेर, कार्यक्रमले उनीहरुको जिज्ञासा बढाउन, अवलोकन क्षमता बढाउन र स्थानीय जैविक विविधतामा गर्व जगाउने उद्देश्य राखेको थियो। यस्ता कार्यक्रमहरु वन्यजन्तु (संरक्षण)ऐ्याक्ट  , 1972 सालको प्रावधान अनुसार दीर्घकालीन संरक्षण प्रयासमा योगदान पुर्‍याउछ भनी कार्यक्रममा अवगत गराइयो।
स्कूलका नानीहरूसँगै, कार्यक्रममा राङभाङ उच्चतर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका अनुराग राई, छिरिङ लेप्चा र विद्यालयका अन्य शिक्षकहरुले पनि भाग लिए जसले यो पहलको प्रशंसा गरे र संरक्षण शिक्षा को महत्व बताउने गरे। एटीआरईई-को तर्फबाट डा. सुनिता प्रधान, प्रियङ्का राई, सौरभ गुरुङ, मिङमा तामाङ र स्थानीय सहयोगीहरु बिनय थापा र नेहल थापाले कार्यक्रममा भाग लिए। एटीआरईई हरेक वर्ष यस क्षेत्रमा विश्व पाङ्गोलिन दिवस मनाउने गरिएको जानकारी गराइयो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ