15 परिवार इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको दावी

Share this news

सोनादा, (निसं) : मुण्डाकोठी मुन्सी गाउँको 15 परिवारहरू इण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको जानकारी प्राप्त भएको छ। सामेल हुनेहरुले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट पार्टीको भिजन र एडवर्डसको इमान्दारितालाई घर-घरमा पुराउने वाचा गरेको दाबी गरिएको छ। मुण्डाकोठी मुन्सी गाउँको 15 परिवारहरूले इण्डियन गोर्खा जन शक्ति फ्रण्टमाथि आस्था र भरोसा गर्दै पार्टीमा सामेल भएको दावी गरिएको छ।

दार्जीलिङको माल रोडस्थित ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा समर्थन सभाको आयोजना भएको थियो। यस समर्थन सभामा पार्टीको केन्द्रीय संयोजक अजय एडवर्ड्स विशेष रूपमा उपस्थित रहेका थिए। रंगबुल धोतरिया समष्टिको आईजीजेएफ समष्टि अध्यक्ष तेन छिरिङ तामाङ, सचिव रूपनारायण प्रधान, केन्द्रीय कार्यकारिणी सदस्य शनि लोपचन, खरसाङ महकुमा नारी शक्ति जनशक्ति फ्रण्टको को-अर्डिनेटर संगीता छेत्रीको नेतृत्वमा मुण्डाकोठी अन्तर्गत मुन्सी गाउँको 15 परिवारहरूले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको भिजन र पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसको इमान्दारितामाथि विश्वास गर्दै पार्टीमा सामेल भएको बताइएको छ।

समर्थन जनाउनेहरुलाई पार्टी केन्द्रीय संयोजक अजय एडवर्डसले खदा लगाउँदै पार्टीमा न्यानो स्वागत जनाएका छन्‌‍।आईजीजेएफले आफ्नो स्थापनाकालदेखि नै माटो अथवा अलग राज्यको मांग अनि बाटो तथा विकासको मुद्दालाई नछोड्ने स्पष्ट सन्देश दिँदै आएको छ। आईजीजेएफमा समर्थन जनाउने समर्थकहरूले पार्टीको भिजन र पार्टी संयोजक एडवर्डसको इमान्दारितालाई घर घरमा पुराउने संकल्प पनि लिएका छन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ