दार्जीलिङका 14 वर्षीय रायन राष्ट्रिय चेस प्रतियोगितामा चयन

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): दार्जीलिङ पहाडलाई चेस खेलको क्षेत्रबाट राष्ट्रिय स्तरसम्म चिनाउने दर्जीलिङ पहाडका छोरा रायन गेलेकले अब चाँडै राष्ट्रिय स्तरको चेस प्रतियोगितामा भाग लिने भएका छन् । यो राष्ट्रिय स्तरको चेस प्रतियोगिता उत्तर प्रदेशको लखनउमा हुनेछ। रायन गेलेकले आफ्नो चेस खेलको यात्रा तथा सङ्घर्षमा धेरै परिश्रम अनि समस्याहरूको सामना गर्दै जिल्ला स्तरदेखि राज्य अनि राष्ट्रिय स्तरसम्म पुग्न सफल भएका छन्। गत वर्षको जिल्ला स्तरीय चेस प्रतियोगितामा रायन गेलेकले आफ्नो कुशल प्रतिभा देखाउँदै जिल्ला च्याम्पियन बनेका थिए। यस वर्ष 2025 -को जिल्ला चेस प्रतियोगितामा पनि फेरि  डिस्ट्रिक्ट च्याम्पियन बने। उनको यस चेस प्रतियोगिताको प्रतिस्पर्धालाई क्रमश अघि बढाउँदै उनी राज्य स्तरको चेस प्रतियोगितामा छनोट भएका थिए भने गत 27 अप्रेलको दिन सिलगढी डीपीएस फुलबारीमा जिल्ला स्तरीय 39औँ चेस प्रतियोगितामा डिस्ट्रिक्ट च्याम्पियन भएपछि गत 26 देखि 29 जुनसम्म चार दिवसीय जलपाईगुढमा अण्डर-15 वर्गको राज्य स्तरको प्रतियोगितामा भाग लिँदै उनले राज्यस्तरको दोस्रो स्थान ओगोट्न सफल भए, अनि अब उनी राष्ट्रिय स्तरको चेस प्रतियोगितामा भाग लिनको निम्ति छनोट भएका छन् भनी सूत्रले बताएको छ । सुत्रले बताए अनुसार, रायन गेलेकले खेलमा उनको राष्ट्रिय स्तर वा र्‍यांक दोस्रो रहेको छ। जलपाईगढीमा भएको राज्यस्तरको चेस प्रतियोगितामा पश्चिम मङ्गल राज्य को विभिन्न 22 वटा जिल्लाहरूबाट चेस प्रतियोगीहरूले भाग लिएका थिए। दार्जीलिङ पहाडको युवा उम्दा चेस खेलाडी रायन गेलेक अहिले केवल 14 वर्ष मात्र पुगेका छन् उनी दार्जीलिङ पहाडको प्रतिष्ठित स्कुल सन्त जोसेफ स्कुलमा नवौं श्रेणीमा अध्ययनरत छन्। दार्जीलिङको कागझोडा गान्धी रोड निवासी रायन गेलेक दार्जीङको चेस खेलमा एउटा ध्रुव तारा नै हुन्। दार्जीलिङ पहाडबाट अहिलेसम्म चेस खेलमा जिल्ला, राज्य स्तरको प्रतियोगितामा विजयी बन्दै राष्ट्रिय स्तरमा चयन हुने प्रथम चेस खेलाडी हुन्। अहिलेसम्म उनले धेरैवटा चेस प्रतियोगितामा भाग लिएर विजयी हासिल गरिसकेका छन् भने उनले पुरस्कारहरू पनि धेरै प्राप्त गरिसकेका छन्। यसरी चेस प्रतियोगितामा लगातार आफ्नो विजयी हासिल गर्दै आफ्नो कुशल दक्षता प्रदर्शन गरेकोमा दार्जीलिङ पहाडबासीले रायन गेलेकलाई धेरै बधाई अनि शुभकामना दिएका छन्। यसै सन्दर्भमा रायन गेलेकले आफ्नो स्कुल सेन्ट जोसेफ-का प्रिन्सिपल फादर रेक्टर साथै आफ्नो चेस कोच वा प्रशिक्षक रुपेश तामाङ अनि इन्टरनेशनल चेस मास्टर तनु लहिरीलाई धन्यवाद दिएका छन्।
आयोजक समितिको पक्षबाट राज्य स्तरकोको चेस च्याम्पियनशीपमा विजय हासिल गरेपछि रायनलाई प्रमाण पत्र अनि ट्रफी साथै नगद राशी पनि  प्रदान गरियो। उक्त टुर्नामेन्टमा विजय हासिल गरेरका रायनले अब पश्चिम बंगाल राज्यलाई प्रतिनिधित्न गर्दै राष्ट्रिय स्तरीय चेस खेलमा सहभागिता जनाउनेछन्।

Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ