BR Ambedkar Jayanti Darjeeling
BR Ambedkar Jayanti Darjeeling

डा. भीमराव आम्बेडकरको 136 औँ जन्म जयन्ती पालन गरिने

Share this news

खरसाङमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा बाबासाहेब डा. भीमराव अम्बेडकरको 136 आैँं जन्म जयन्ती पालन गरिने भएको छ। यस विषयमा खरसाङ क्षेत्रका अनुसूचित जातिलाई लिएर गठित पार्वत्य तराई सङ्घको तर्फबाट खरसाङ्मा एक पत्रकार सम्मेलन आयोजना गरेर आगामी 14 अप्रेलको दिन खरसाङमा बाबासाहेब डा. भीमराव अम्बेडकरको जन्म जयन्तीको अवसरमा खरसाङ रेलवे स्टेशनबाट ऱ्याली शुरु भएर बजार परिक्रमा गरी मोटर स्ट्याण्ड हुँदै नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर सम्वर्द्धना कार्यक्रम आयोजना गरिने भएको जानकारी प्राप्त भएको छ।

यस अवसरमा आयोजना हुने डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा डा. अम्बेडकर विषयमा बीबी बिश्वकर्माले वार्ता प्रस्तुत गर्ने भएको जानकारी प्राप्त भएको छ। त्यसरी नै डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा बङ्ग भूषण प्रापक वरिष्ठ सङ्गीतकार चन्दन लम्जेललाई पनि सम्वर्ध्दना जनाइने भएको छ। उक्त पत्रकार सम्मेलनमा पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको तर्फबाट सचिव सञ्जय राउत र सभापति रवि तोलङ्गीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। दुवैले जानकारी गराए अनुसार बाबा साहेब डा. भीमराव अम्बेडकरको योगदान र सम्मानको लागि खरसाङ्मा जन्म जयन्ती पालन गरिने भएको र उक्त कार्यक्रम गत 31 मार्चमा खरसाङ क्षेत्रका नेपाली र हिन्दी भाषी अनुसूचित जातिको सङ्घ-संस्थाहरुलाई लिएर गठित पार्वत्य तराई अनुसूचित जाति संयुक्त मञ्चको आयोजनामा आयोजना गरिने भएको जानकारी गराएका छन्‌‍। यस अवसरमा ऱ्यालीको आयोजना गरेर खरसाङ्को नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्वर्द्धना कार्यक्रम आयोजना गरिने भएको जानकारी गराएका छन्‌‍।

उक्त डा. भीमराव अम्बेडकरको जन्म जयन्ती कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहने जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा सबैलाई उपस्थितिको लागि आह्वान्‌‍ गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ