11th death anniversary of Subas Ghising
11th death anniversary of Subas Ghising

सुवास घिसिङको ११औँ पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Share this news

अतुल्य गोर्खा पिता आप्पा सुवास घिसिङको ११औँ पुण्यतिथिको अवसरमा सुवास घिसिङ समाधि संरक्षण समितिको आयोजनामा आज मिरिक मञ्जुस्थित सुवास घिसिङ स्मृति पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष मन घिसिङको प्रमुख उपस्थितिमा दीप प्रज्वलन गरिनुका साथै उनीद्वारा आप्पा सुवास घिसिङप्रति श्रद्धाञ्जली अर्पण गरियो। यसक्रममा दार्जीलिङ विधानसभाका विधायक निरज जिम्बा, पूर्व राज्यसभा सांसद शान्ता छेत्री, पूर्व पार्षदहरू, गोरामुमो केन्द्रीय समिति सदस्यहरू, वरिष्ठ नेतृत्ववर्ग, विभिन्न संघ–संस्था, गैरराजनीतिक व्यक्तित्वहरू तथा गोरामुमोका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङका अनुसार कार्यक्रम अत्यन्तै भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमपश्चात सुवास घिसिङ समाधि संरक्षण समितिका अध्यक्ष वाई लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज अतुल्य गोर्खा पिता, गोर्खा जातिको चेतना र अस्मिताका अमर योद्धा आप्पा सुवास घिसिङको ११औँ पुण्यतिथि हो। यस पावन अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कोटि–कोटि नमन प्रकट गर्दछौँ।”

उनले विज्ञप्तिमा आप्पा सुवास घिसिङ केवल एक व्यक्ति मात्र नभई गोर्खा जातिको आत्मसम्मान, अस्तित्व र पहिचानको प्रतीक रहेको उल्लेख गर्दै भने, “जब गोर्खा समाज आफ्नो पहिचान खोज्दै अन्योलमा थियो, त्यतिबेला आप्पा सुवास घिसिङ आशाको दीप बनेर उभिएका थिए। उनले गोर्खा जातिलाई अधिकार, अस्मिता र स्वाभिमानको चेतना दिलाउन ऐतिहासिक भूमिका निर्वाह गरेका थिए।”

वाई लामाले आप्पा सुवास घिसिङले देखाएको संघर्षको मार्ग, एकताको सन्देश र आत्मगौरवको भावना आज पनि गोर्खा समाजका लागि मार्गदर्शक बनेको उल्लेख गरे। समय परिवर्तन भए पनि उनले रोपिदिएको चेतनाको बीउ कहिल्यै नमर्ने विश्वास व्यक्त गर्दै उनका विचार, सपना र संघर्ष सधैँ गोर्खा समाजको हृदयमा जीवित रहने बताए।
अन्त्यमा अध्यक्ष वाई लामाले ११औँ पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व, संघ–संस्था तथा उपस्थित सबैप्रति आयोजन समितिको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ