1,116 new teacher posts to be created in GTA region
1,116 new teacher posts to be created in GTA region

जीटीए क्षेत्रमा 1,116 नयाँ शिक्षक पद सृजना हुने

Share this news

गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन अधिनस्थ शिक्षा क्षेत्रको सुदृढीकरणका लागि क्षेत्रको सरकारी पाठशालाहरुमा 1,116 नयाँ शिक्षक पदमा भर्ना खुलिने जीटीए प्रमुख अनित थापाले बताएका छन्। यसको लागि प्रशासनिक कार्य चलिरहेको उनले सबैलाई अवगत गराए। सृजना गरिएका यी नयाँ शिक्षक पदहरूबाट दार्जीलिङ्ग र कालिम्पोङ जिल्लाका सरकारी विद्यालयहरूमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रयास अब कार्यमा देखा पर्ने थापाले विश्वास व्यक्त गरेका छन्।
पश्चिम बंगाल सरकारको विद्यालय शिक्षा विभागले दार्जीलिङ र कालिम्पोङ जिल्लाको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) अन्तर्गत रहेका नयाँ स्थापना भएका जुनियर उच्च विद्यालय, स्तरोन्नत उच्च विद्यालय र उच्च माध्यमिक विद्यालयका लागि 1,116 नयाँ शिक्षक पद सृजना तथा स्वीकृतिका लागि प्रस्ताव पेश गरेको थापाले बताएका छन्।
विद्यालय शिक्षा विभागले जिल्लाका विद्यालय निरीक्षक (एस.ई.) हरूलाई पठाएको आधिकारिक ज्ञापनअनुसार जीटीए-का मुख्य सचिवद्वारा पेश गरिएको सिफारिसलाई विभागीय स्तरमा परीक्षण गरिएको छ। आवश्यकीय तथ्यांक र विवरण संकलन गर्न गृह तथा पहाडी मामिला विभागले स्पष्ट जानकारी मागिसकेको छ। सबै सम्बन्धित विद्यालयहरूबाट माग गरिएको विवरण एक्सेल फाइलमा शीघ्र पठाउन निर्देशन दिइएको छ।
प्रस्तावित शिक्षक पदहरू नयाँ हो कि पहिले नै स्वीकृत भइसकेका खाली पदहरू हुन्, भन्ने विवरण छुट्टै बुझाउनसमेत निर्देशन दिइएको छ। यसैसँग, विभागले भनेको छ कि सम्बन्धित सम्पूर्ण तथ्यांक समयमै संकलन गरी प्रतिवेदन पेश गर्नुपर्ने बताएका छन्।
कर्म नै आफुहरूको सिद्धान्त भएको कुरालाई ध्यानमा राखी पहाड निर्माण गर्न सुरु गरेका पहलहरु आज बिस्तारै फलप्रद भएर देखा पर्दै गएको अनित थापाले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ