वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

Share this news

खरसाङ, 25 जुलाई (निसं)ः खरसाङ नगरपालिकामा 35 बेडको अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ। नगरपालिकाको वार्ड नम्बर 13 मा अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको हो। खरसाङ नगरपालिका क्षेत्रमा बढ़िरहेको जनसंख्यालाई ध्यानमा राखेर जनसाधारणलाई स्वास्थ्य सुविधा प्रदान गर्नको लागि खरसाङ नगरपालिकाको तर्फबाट 35 वटा बेड भएको स्वस्थ्य केन्द्र निर्माणको निम्ति शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा खरसाङ महकुमा अधिकारी आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान, भागोप्रमो युवा शक्ति खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरूङ लगायत अन्य पदाधिकारीहरु र समाजका प्रतिनिधिहरु उपस्थित थिए। उक्त स्वास्थ्य केन्द्रको निर्माण खर्च 89 लाख 60 हजार रुपियाँ रहेको बताइएको छ। यसको क्षेत्रफल 15 वर्ग फिट रहेको र यसको निर्माण कार्य एक वर्षभित्रमा पूरा गरिने बताइएको छ। यसको साथै बिहानको समय खरसाङ्को एसबी डे टीबी सेनिटोरियम क्षेत्रमा पाईखानाको मरमत्ति कार्य पनि शुरु गरिएको छ। यसको लागत खर्च 5 लाख 50 हजार रहेको जानकारी प्राप्त भएको छ। खरसाङ्को वार्ड नम्बर 13 मा शिलान्यास गरिएको 35 बेडको स्वास्थ्य केन्द्रको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष ब्रिगेन गुरुङले खरसाङ नगरपालिका क्षेत्रमा बढ़िरहेको जनसंख्यालाई ध्यानमा राखेर नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको बताए। उनले नगरपालिकाले मानिसहरुका स्वास्थ्य विषयमा काम गरिरहेको र यसै विषयलाई ध्यानमा राखेर खरसाङ्को वार्ड नम्बर 13 मा नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको बताए। यस नयाँ अस्पताल भवनमा 35 वटा बेड रहने र यो अस्पताल सञ्चालनमा आएपछि स्थानीयहरुलाई धेरै सुविधा हुने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ