हाउहिङ फल अलको रकम तुरुन्तै र सबैले पाउन पर्ने माग उठ्यो

Share this news

खरसाङ, (निसं): प्रधानमन्त्री आवास योजना हाउसिङ फर अलका लाभार्थीहरूको एक सभा खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। यो सभामा खरसाङ नगरपालिकाको विभिन्न वार्डबाट हाउहिङ फर अलका लाभार्थीहरूको उपस्थिति रहेको थियो। सभामा 2019-20 का लाभार्थीहरू प्रत्येकलाई 1-1 लाख रुपियाँ भुक्तान गरिने विषयमा चर्चा गरियो। सभामा कतिपय लाभार्थीहरूले आफूहरूले नगरपालिका कार्यालयमा पुगेर जानकारी लिएको बताउदै नगरपालिकाबाट प्राप्त जानकारी अनुसार 2019-20 का 5 सय लाभार्थीहरूलाई 1 लाख रुपियाँ गरेर भुक्तान गरिने अनि 2018-19 का लाभार्थीहरूको रहल रकम भुक्तानको निम्ति पनि पैसा आइसकेको सभामा अवगत गराए। 2019-20 का लाभार्थीहरूलाई एक लाख रुपियाँ गरेर भुक्तान गरिने भनिन्दैछ, 2018-19 का लाभार्थीहरूलाई पनि भुत्कान गरिने भनिन्दैछ। यसरी लाभार्थीहरूको घर निर्माणको निम्ति पैसा आएको छ भने किन केही लाभार्थीहरूलाई मात्र पैसा हलिन्दैछ, किन सबैलाई पैसा हालिएको छैन? भनी सभामा उपस्थित लाभार्थीहरूले प्रश्न गरे। सभामा उपस्थित लाभार्थीहरूले सबै लाभार्थीको ब्याङ्क खातामा तुरुन्तै पैसा हालिन पर्ने माग गरे। सभापछि दर्पणसित कुरा गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ क्षेत्रका प्रवक्ता रामकृष्ण शर्माले भने, हाउहिङ फर अलका लाभार्थीहरू 7-8 वर्षदेखि आफ्नो पाउन पर्ने रकम नपाएकाले ठूलो मर्कामा थिए। योजनाको रकम नपाएकाले धेरै लाभार्थीहरू आधाकल्चो घरमा दुःख-कष्ट सहेर बसिरहेका थिए। लाभार्थीहरूले 7-8 महिनादेखि आफ्नो पाउन पर्ने रकमको मागमा आवाज उठाएपछि धमाधम रकम आउन थाल्यो। धेरै लाभार्थीहरूले 7-8 वर्षसम्म पाउन नसकेका रकप पाए। अझ पनि सबैले रकम पाइसकेका छैनन्‌‍। 2019-20 का लाभार्थीहरूलाई 1 लाख रुपियाँ गरेर रकम भुक्तान गरिने भनिन्दैछ, ती मध्ये कतिपय लाभार्थीहरूको खातामा रकम पसिसकेको पनि जानकारी पाइएको छ। 2019-20 का 5 सय लाभार्थी छन्‌‍, 5 सय लाभार्थीको निम्ति रकम आएको हो भने 5 करोड़ रुपियाँ रकम आएको छ। 2018-19 का लाभार्थीहरूलाई पनि रहल रकम भुक्तान गरिने भनिन्दैछ। रकम आएको छ भने सबैलाई तुरुन्तै भुक्तान गरिन पर्छ भन्ने लाभार्थीहरूको माग छ। हामी जबसम्म सबै लाभार्थीहरूले उनीहरूको अधिकारको सम्पूर्ण रकम प्राप्त गर्दैनन्‌‍ तबसम्म आवाज उठाइरहनेछौँ। भक्तभोगी लाभार्थीहरूलाई उनीहरूको अधिकार दिलाउनको निम्ति हामी कानुनी प्रक्रियामा जान पनि तयार छौँ, यसको निम्ति हामीले तयारी पनि गरिरहेका छौँ। तिनले आईजीजेएफ पार्टी जहिले पनि जनसाधरणलाई परेको मर्कामा अघि आउने गरेको दावी गर्दै भने, हामी जनसाधरणलाई परेको खण्डमा जहिले पनि अघि आएका हुन्छौँ, मरिक र कालेबुङ्मा 60-70 प्रतिशत घर निर्माणको कार्य पुरा हुँदा खरसाङ्मा किन हुन सकेन? आरटीआईको जवाफमा 3 सय 38 घर निर्माणको कार्य पुरा भइसकेको जनाइएको छ तर ती घर कुन कुन हुन्‌‍ भनी जानकारी माग्दा दिइएन। शर्माले आरोप लगाउइदै भने, यहाँ नगरपालिका चेयरम्यान, भाइस चेयरम्यान, नेताहरूको आफन्तको नाममा हाउजिङ फल अलको घर प्रदान गरिएको हामीले पाएका छौँ। यसरी नगरका गरीब मानिसहरूले नपाएर कसरी यस्ता व्यक्तिहरूले यो योजनाको लाभ पाए? यो एउटा गम्भीर प्रश्न छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान