सोनादा क्षेत्रका पूर्व प्रधानाध्यापक डम्बरसिंह मुखियाको निधन

Share this news

सोनादा, 3 जुलाई (निसं)ः अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादाको जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को दुःखद निधन भएको छ। उनको निधनले सम्पूर्ण सोनादा क्षेत्र शोकाकूल बनेको छ। शिक्षण पेशामा समर्पित, अनुशासित र निःस्वार्थ भावनाका धनी डम्बर सर एक असल शिक्षक मात्र नभई खेलकूदको माध्यमबाट विद्यार्थीहरूलाई अनुशासन, नेतृत्व र आत्मविश्‍वास सिकाउने प्रेरणाका स्रोत थिए। उनको शैक्षिक र समग्र समाज सेवामूलक योगदान सधैं स्मरणीय रहनेछ। सम्पूर्ण सोनादावासीले उनीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गरेका र उनको पुण्यात्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको जानकारी प्राप्त भएको छ। ईश्‍वरले यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति शोकाकुल परिवारलाई प्रदान गरून्। उनले आफुपछि पत्नी र एकजना छोरा छोड़ी गएका छन् भने उनको अन्तिम संस्कार शुक्रवार गरिने भएको जानकारी प्राप्त भएको छ। अमर ज्योति प्राथमिक पाठशालाका भूतपूर्व शिक्षक तथा अप्पर सोनादा, जोनसन हट्टा निवासी डम्बर सिंह मुखिया (सर) को दुःखद निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभाग प्रभारी सभासद राजेस चौहानले श्रध्दाञ्जली अर्पण गरेका छन्। उनले आफ्नो शोक सम्वादमा भनेका छन्, अमर ज्योति प्राथमिक पाठशाला सोनादाका पूर्व प्रधान शिक्षक डम्बर सिंह मुखियाको आज बिहान निधन भएको खबरले मर्माहित बनेको छु। एकजना कुशल शिक्षक, एक असल अभिभावक आज गुमाउनु परेको छ। उनको चिर आत्माले परमात्मामा बास गरून् साथै शोकाकूल परिवारमा ईश्‍वरले सहने शक्ति प्रदान गरुन भनी प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’

Share this news
आजको रोजाइ
लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

आजको रोजाइ