सोनादामा स्वास्थ्य जाँच र रक्तदान शिविरको साथमा ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न

Share this news

सोनादा , अगस्त(निसं)ः सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सिलगढी लायन्स क्लब, काम्ती हेल्थ केयर अनि सिलगढी लायन्स नेत्रालयको सहकार्यमा सोनादामा स्वास्थ्य जाँच शिविर, रक्तदान शिविर साथै ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दार्जिलिङ पुलिसका टाउन डीएसपी उज्वल सरकार, सीआई सदर पार्थ सारथी चन्द्रा, आईसी सदर मिग्मा भोटिया साथै जोरबङ्लो थाना प्रभारी निरज राई लगायत अन्यहरु उपस्थित रहेका थिए। सोनादा पुलिस आउट पोस्ट प्रभारी योगेश ठकुरीले स्वागत सम्बोधन राखेका थिए।बड्रग्स विरुद्धको अभियानमा सक्रिय भूमिका निभाउँदै कार्य गरेवापत नव युवा संगठन/वरिष्ठ नागरिक मञ्च, फूलबारी होपटाउन ग्राम सुधार समिति अनि मुन्सी गाँउ समाज मुण्डाकोठीलाई अतिथिहरुका बाहुलीबाट सम्मान जनाईएको थियो। ड्रग्स जस्तो घातक नशाको प्रभावबाट मुक्त बनेर समाजलाई बचाउन अघि आउने व्यक्तिहरु क्रमैले कल्पना तामाङ, संजोक तामाङ, टाँसी भोटिया, लाक्पा शेर्पा अनि नुपु भोटियालाई पनि सम्मान जनाइएको थियो। कार्यक्रममा उनीहरुले आफ्नो अनुभव सबैसित बाढ्दै सबैलाई नशामुक्त रहन अनुरोध गरेका थिए। गम्भीर बिरामीको चपेटमा परी असक्त बनेका दुई बिरामी अप्पर सिडर्स निवासी कुमार छेत्री अनि ओक्स नवधुरा निवासी रामसिंह थापालाई ह्वील चेयर प्रदान गरिएको थियो। उक्त शिविरमा सोनादा क्षेत्रका विभिन्न संघ संस्थाहरु, विभिन्न ट्याक्सी सेण्डीकेटका प्रतिनिधिहरु, ट्रक एसोसिएसन प्रतिनिधिहरु सहभागी बनेका थिए। आयोजक कमिटी सोनादा पुलिस आउट पोस्ट प्रभारी योगेश ठकुरी, सोनादा ट्राफिक प्रभारी सबिन दर्नालले शिविर सफतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ