सोनादामा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न

Share this news

सोनादा, (निसं): सोनादा डिग्री कलेज एवं सोनादा साहित्य संस्थानको आयोजनामा सोनादामा नेपाली भाषा मान्यता दिवस समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार जोगेन दर्नालले गरेका थिए भने प्रमुख अतिथिको रुपमा भाषा संग्रामी बीबी गुरुङ उपस्थित रहेका थिए। कार्यक्रममा दिवंगत भाषा सङ्ग्रामीहरू र स्वर्गारोहण भएका भाषिक तथा साहित्यिक व्यक्तित्वहरूको स्मरणमा मौन धारण गरिएको थियो। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली भाषा मान्यता समारोह समितिको संयोजक प्राध्यापक मेघनाथ छेत्रीले राखेका थिए।कार्यक्रममा नेपाली भाषाको संवैधानिक मान्यताको संक्षिप्त इतिहास- प्राध्यापिका इलोरा शर्मा, इतिहास विभाग,सोनादा डिग्री कलेजले राखेकी थिइन्‌‍।कार्यक्रममा छुट्टै कक्षमा विद्यालय स्तरीय शुद्ध हिज्जे लेखन प्रतियोगिता सम्पन्न भएको थियो जसमा सोनादा क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुले भाग लिएका थिए। त्यसरी नै विद्यालय स्तरीय कविता वाचन कार्यक्रम पनि राखिएको थियो। कार्यक्रममा महाविद्यालय स्तरीय कविता वाचन कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली अनर्समा सर्वोच्च अङ्क हासिल गर्ने विद्यार्थी नित्य मंगरलाई प्राध्यापक मेघनाथ छेत्रीद्वारा आफ्ना पिताको पुण्य स्मृतिमा प्रदान गरिएको स्व.रामबहादुर छेत्री स्मृति नेपाली भाषा मेधावी पुरस्कार प्रदान गरिएको छ।कार्यक्रममा गीत, नृत्य, कविता प्रस्तुत गरिएको थियो। कार्यक्रममा भाषा संग्रामी एवम्‌‍ प्रमुख अतिथि बीबी गुरुङलाई सम्बर्द्धना जनाइएको छ। यस अवसरमा प्रमुख अतिथिको परिचय प्रा मेघनाथ छेत्रीले राखेका थिए। यस अवसरमा उनलाई शिर शोभा, दोसल्ला र अभिनन्दन चिन्ह प्रदान गरी सम्मान जनाइएको छ। यस अवसरमा उनले प्रमुख अतिथिको रुपमा सम्भाषण पनि राखेका थिए। कार्यक्रममा सोनादा डिग्री कलेजका भारप्राप्त प्राचार्य डा प्रमोद छेत्रीले सम्भाषण राखेका थिए। कार्यक्रममा साहित्यिक सृजना वाचन पनि राखिएको थियो भने सद्भावना वरिष्ठ नागरिक मञ्चबाट सामूहिक लोक गीत प्रस्तुत गरिएको थियो। शुद्ध हिज्जे लेखन प्रतियोगितामा विजयी हुने विद्यालय र महाविद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको छ। कार्यक्रममा अध्यक्षीय सम्भाषण तथा धन्यवाद ज्ञापन साहित्यकार जोगेन दर्नालले राखेका थिए।कार्यक्रमलाई नरेश कटुवाल, रजत ठकुरी, बुद्ध राई, प्रा. अनिलकुमार विश्वकर्मा,ङ्गप्रा.पर्वत रसाइली, मञ्जरी गुरुङ आदिले सञ्चालन गरेका थिए। कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै शिक्षक एंव सोनादा साहित्य संस्थानको सचिव नरेश कटुवालले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ