सिलगढ़ीबाट चिसो हावा खान आउने पर्यटकहरूको संख्यामा वृद्धि

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः वर्तमानमा मधेशमा उखरमाउलो गर्मी रहेको छ, उखरमाउलो गर्मीबाट राहत खोज्दै सिलगढ़ीबाट धेरै मानिसहरू खरसाङ घुम्न आइरहेका छन्‌‍। शनिवार सिलगढ़ी अनि संलग्न क्षेत्रबाट धेरै मोटर बाईक सवारहरू खरसाङ आएका थिए। यी मोटर बाईक सवारहरू खरसाङ्को डाउहिल, नयाँ बस्ती आदि क्षेत्रमा घुम्न गएका थिए। मोटर बाईकमा आएका यी पर्यटकहरू मध्ये धेरैले घुमेर बेलुका फर्किने बताए भने कतिपयले शनिवार अनि आइतवार बसेर सोमवार बिहानै फर्किने पनि बताए। मोटर बाईकमा घुम्न आएका पर्यटकहरू मध्ये कतिपय युगल जोड़ी पनि रहेका थिए। सिलगढ़ीको सुवास पल्लीबाट खरसाङ घुम्न आएका एक पर्यटक देवाशीष साहसित प्रश्न गर्दा वर्तमानमा सिलगढ़ी औधि गर्मी रहेको बताउदै शनिवार अनि आइतवार विदा रहेकोले साथीहरूसित घुम्न आएको बताए। तिनले नयाँ बस्तीको एउटा होमस्टेमा बसेर सोमवार बिहानै फर्किने योजना रहेको बताए। तिनले खरसाङ घुम्न मोटर बाईकमा आउन सहज र कम दुरी रहेको बताउदै बाईकमा आउँद बाटोमा पुलिसले दुई-तीन ठाउँ जाँच गर्ने गरेकोले दिक्क लागेको पनि बताए। तिनले भने, सिलगढ़ीबाट खरसाङ आउँदा रोहिणी पार गरेपछि एसीमा पसेको जस्तो लाग्छ। मोटर बाईकमा खरसाङ आइपुग्न एक घण्टा भन्दा केही अधिक समय लाग्छ। हामी खरसाङ पटक-पटक आएका छौँ। कुनै समय घुमेर फर्किन्छौँ, कुनै समय बसेर जान्छौँ। कुनै कुनै समय परिवारको साथमा गाड़ीमा पनि आउने गरेका छौँ। खरसाङ्मा ड्युटीमा खटिएका एक सिभिक भोलिन्टियरले पनि शनिवार बाह्रबजेपछि सिलगढ़ीबाट मोटर बाईकमा आउने पर्यटकहरूको संख्यामा वृद्धि देखिएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ