सिमलबारी गाड़ी दुर्घटनामा पाँच घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): दार्जीलिङ देखि सिलगढ़ी तर्फ गइरहेको एउटा यात्री वाहन खरसाङ महकुमा अन्तर्गत सिमलबारी चियाबारी नजिक खोप्रेल मोड़मा दुघर्टना हुँदा वाहनमा सवार सबै पाँच यात्री घाइते बनेका छन्‌‍। गाड़ीधुरा पुलिस आउट पोस्ट मार्फत प्राप्त भएको जानकारी अनुसार, उक्त वाहन दार्जीलिङबाट सिलगढ़ी तर्फ गइरहेको थियो। द्रुत गतिमा कुदिरहेको गाड़ीको सम्भवत ब्रेल फेल भएर दुघर्टना भएको हो। गाड़ी सड़क छोड़ेर सडक किनारको खाल्डामा पल्टियो। वाहन दुघर्टना हुन साथ क्षेत्रमा तैनात पुलिस कर्मी, सेनाका जवान अनि यो सड़मा आउ-जाउ गरिरहेका गाड़ीका चालकहरू साथै मानिसहरूको सहयोगमा सबै पाँच घाइते यात्रीलाई सुकना हेल्थ सेन्टरमा पठाइएयो। घाइते यात्रीहरू मध्ये कतिपय यात्रीहरू आसामका पनि रहेको गाड़ीधुरा पुलिस आउट पोस्टबाट जानकारी पाइएको छ। उक्त दुर्घटना एउटा अघि जान खोज्ने वाहनलाई पास दिने क्रममा ब्रेक फेल भएर नियन्त्रण हराएपछि भएको पनि कतिपयले बताएका छन्‌‍। दुर्घटना घटेको समय खरसाङ तर्फ आइरहेका जीटीएको सूचना एवं संस्कृति विभागका कार्यकारी सभासद अनोश थापाले दुर्घटना देखेपछि गाड़ी रोकेर घाइतेहरूलाई सहयोग पुऱ्याएका थिए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ