समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

Share this news

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि सम्बन्धित सम्पूर्ण प्रतिनिधिहरुले मैदानलाई  सफा अनि सुन्दरीकरण गर्ने कार्य गरिरहेका छन। यस अवधि आज क्षेत्रिय सभासद नोर्देन शेर्पाले स्थलगत भ्रमण गर्दै तयारीको निरक्षण गरे। समष्टिका विभिन्न विद्यालय, भूतपूर्व सैनिक संगठन,  लोधोमा पुलिस प्रशासन, स्वास्थ्य कर्मी , अन्य विभिन्न संघ-संस्था लगायत सम्पूर्ण समाजका प्रतिनिधिहरुलाई लिएर स्वतंत्रता दिवस सम्बन्धि एक सभा सम्पन्न भयो। सभामा स्वतन्त्रता दिवस समारोहमा क्षेत्रका  13 वटा विद्यालयका लगभग सात सय जना भन्दा अधिक विद्यार्थीहरुले मार्चपास, ड्रिल, संस्कृतिक नृत्य लगायत फुटबल प्रतियोगिता हुने, स्वतन्त्रता समारोह आयोजक पक्षले जानकारी दिएको छ। उक्त दिन क्षेत्रका विभिन्न विधामा जस्तै आइपीएस, आईएएस, आईएफएस, डब्लुबीसीएस, एमबीबीएस, पीएचडी, साहित्य अकादमी युवा पुरस्कार प्रापक, ट्रेल रनर अनि माउन्ट एभरेस्टरहरुलाई सम्मान जनाउने भएको छ भने यस वर्ष माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा उत्कृष्ट अङ्ककासाथ उत्तीर्ण हुने विद्यार्थीहरुलाई पनि सम्बर्द्धना जनाउने भएको आयोजक पक्षले जानकारी दिएका छन्। समारोह अवधि विद्यार्थीहरुको स्वास्थ्य अनि सुरक्षाको निम्ति स्वास्थ्यकर्मी लगायत पुलिस प्रशासनले कडा निगरानी गरिने छ। स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको भोलिदेखि लिग म्याच शुरू हुने पनि जनाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ