वरिष्ठ संगीतकार गोबिन्दसिंह घतानी संगीतारोही सम्मानद्वारा सम्मानित

Share this news

खरसाङ, (निसं): खरसाङ निवासी वरिष्ठ संगीतकार एंव शास्त्रीय संगीतका गुरुजी गोविन्दसिंह घतानीलाई संगीतारोही सम्मानद्वारा सम्मानित गरिएको छ। सिलगढी देवकोटा संघको 62 औँ प्रतिष्ठा दिवसको उपलक्ष्यमा सङ्घको प्रेक्षागृहमा आयोजित समारोहमा नेपाली संगीत जगतका वरिष्ठ संगीतकारहरु शान्ति ठटाल, अशोक राई, जीवन अधिकारी, देवकुमार प्रधान, नरवीर रसाइली आदिको साथमा गीतिगुञ्ज संगीत महाविद्यालय खरसाङ्का प्राचार्य एवम्‌‍ शास्त्रीय संगीतका गुरुजी गोविन्दसिंह घतानीलाई संगीतारोही सम्मान 2025 द्वारा सुशोभित गरिएको छ। समारोहका प्रमुख अतिथि दार्जीलािङ्क सांसद राजु विष्ट साथै सिलगढ़ी देवकोटा संघका अध्यक्ष मिलन रुचालको बाहुलीबाट अङ्गवस्त्र, शिरशोभा, स्मृति चिन्ह, संघका मुखपत्र बाडुली, फुल गुच्छ र फूल बिरुवाहरूको साथमा सम्मान जनाएका थिए। शास्त्रीय संगीतका गुरुजी गोविन्दसिंह घतानीले 1974 सालदेखि आकाशवाणी खरसाङ्का लोक गायक, गीतकार, नाट्य कलाकार तथा अनुवादकको रूपमा संलग्न रहेर कार्य शुरु गरेका थिए। 1974 सालदेखि गीतिगुञ्ज संगीत महाविद्यालय, खरसाङ्का महासचिव रहेर कार्य गरेका थिए भने 1990 देखि प्रयाग संगीत समिति, इलाहबादद्वारा ‌‘शास्त्रीय संगीत परीक्षक” मनोनित भएका थिए। उनी 1997 सालदेखि गीतिगुञ्ज संगीत महाविद्यालयको प्राचार्य नियुक्त भएर कार्य थालेका थिए। उनको कृतिहरू सन्‌‍ 2001 मा ‌‘यही जुनीम आधुनिक र उपशास्त्रीय गीति एल्बम, गीत तथा संगीतवद्ध अन्यान्या एल्बमहरू आरम्भ, ताल, अपेक्षा, स्वरूप, चाहना अनि ‌‘यो अञ्जुली‌’ दोस्रो गीति एल्बम आदि छन्‌‍ भने नेपाली भाषामा संगीतको पाठ्य पुस्तक “संगीत शास्त्र परिचय” भाग एक प्रकाशित 2008 मा नेपालीमा गजल सङ्ग्रह “गोविन्देका गजल” 2008 मा अनि “गोविन्देका 108 गजल” 2015 मा प्रकाशित छन्‌‍। विभिन्न साहित्यिक पत्र पत्रिकातिर संगीत विषयक लेखहरू पनि प्रकाशित छन्‌‍। सरोजिनी बराइली (शील) व्दारा प्रस्तुत “मेरो सबै दुःखको दियो” नामक एल्बममा रविन्द्र संगीतहरू नेपाली भाषामा अनुवाद गरेका छन्‌‍। उनले पाएका सम्मानहरूमा सन्‌‍ 2000 मा संघ आत्मबोधी रेयुकाई, गान्तोक, सिक्किमव्दारा लोक गीत अनि शास्त्रीय गायनको निम्ति सम्मानित, सन्‌‍ 2000 मा बार एशोसिएसन खरसाङ्को तत्वावधानामा कलकत्ता उच्च न्यायलयका मुख्य न्यायमूर्ति अशोक कुमार माथुर अनि निषिध नन्दन अधिकारी, कानुन मंत्री, पश्चिम बंगाल सरकारव्दारा सम्मानित भएका छन्‌‍। सन्‌‍ 2005 मा 63 औंँ स्व0 प्रतापसिंह लोहार जन्म जयन्ती समारोहमा गीतिगुञ्ज संगीत महाविद्यालयका पूर्व शिक्षार्थी समूहद्वारा सन्‌‍ 2005 मा सम्बर्धित्‌‍ एवं सम्मानित छन्‌‍। उनी कलानिधी इन्दिरा संगीत महाविद्यालय, फ्रेन्डस्‌‍ कल्चरल सोसाइटी, मञ्जुश्री कला केन्द्र काठमाण्डौबाट 2011 मा सम्मानित भईसकेका छन्‌‍। त्यसरी नै सुरछन्द संगीत महाविद्यालय, जलढकाबाट “प्रथम अनुराधा स्मृति शास्त्रीय संगीत पुरस्कार” द्वारा विभूषित पनि भएका थिए। विस0ं 2075 कलानिधि इन्दिरा संगीत महाविद्यालय, पुलचोक,नेपालबाट गीतिगुञ्ज संगीत महाविद्यालय, खरसाडको पक्षमा ‌‘पदमकृष्ण बाबाकुमारी कलनिधि संगीत पुरस्कार‌’ द्वारा सम्मानित छन्‌‍। यसबाहेक थुप्रै सम्मानहरु पनि प्राप्त गरेका छन्। सन्‌‍ 1982 देखि गीतिगुञ्ज संगीत महाविद्यालयमा संगीत प्रशिक्षक(गायन)को रूपमा अध्यावधि कार्यरत।आफ्ना केही शिष्यहरूका नमावली जसले संगीत प्रभाकरको परीक्षा उतीर्ण गरिसकेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ