शिश महल पछिल्तिर थुप्रिएको प्लास्टिक अनि फोहोर एक समस्या

Share this news

खरसाङ , 3 जुलाई (निसं)ः खरसाङ बजारको वार्ड नम्बर 12 गड्डी लाईन नजिक शीश महल अनि कुमाई स्टुडियोको माझको जग्गामा धेरै समयदेखि फोहोर-मैला थुप्रिएर बसेको छ। यस स्थानमा धेरै समयदेखि विभिन्न प्रकारको फोहोर-मैलाका साथै प्लास्टिको बोतल, प्लास्टिकको थैला, पाउचहरू थुप्रिएर बसेकोले क्षेत्र दुर्गन्धित बनेको छ। यसै स्थानमा कुमाई स्टुडियोको बल्डिङबाट फोहोर पानी बगेर आउने अनि शीश महलका मानिसहरूले पनि फोहोर पानी र फोहोर-मैला फाल्ने गरेकोले यो जग्गा फोहोरको दलदल र दुर्गन्धित बनेको छ। घाम लागेको समयमा यहाँको दुर्गन्ध हिमालय दर्पण कार्यालयका साथै वरिपरि फैलिने गर्छ। कुमाई स्टुडियो अनि शीश महलको बीच भागमा रहेको यस स्थानलाई वरिपरिको बाटोबाट नदेखिने भएकोले यहाँ फोहोर-मैला थुप्रिएको बाटो हिँड़ने मानिसहरूले देख्दैनन् तथापि दुर्गन्ध थाहा पाउने गरेका छन्। यस स्थानमा जमा हुने फोहोर पानी र फोहोर-मैलामा डेङ्गु, मलेरिया जस्ता रोग फैलाउने लामखुट्टेको लार्भ हुर्कने पर्याप्त सम्भावना बनेको छ भने यहाँको फोहोर-मैलाबाट निस्किएको दुर्गन्धको कारण मानिसहरूमा विभिन्न बिमारी फैलने सम्भावना पनि बनेको छ। यस जग्गाको फोहोर-मैला सफा गर्न अनि यहाँ फोहोर-मैला नफाल्नको निम्ति यहाँ बस्ने मानिसहरू अनि सम्बन्धित निकायहरूबाट कुनै पहल भएको देखिएको छैन। बिहीवार 3 जुलाईको दिन अन्तर्राष्ट्रिय प्लास्टिक मुक्त दिवस हो। खरसाङमा पनि यस दिवसलाई विभिन्न कार्यक्रम गरेर पालन गरिएको छ। बिहीवार प्लास्टिक मुक्त दिवसको दिन यहाँ थुप्रिएको प्लास्टिकको बोतल, प्लास्टिकको थैला अनि पाउचलाई सफा गर्न सकिएको खण्डमा असल कार्य हुने थियो भन्ने कतिपयको मत छ। यस प्रकारले शहरको कुना-काप्चा, गल्ली-गल्छेँड़ोहरूमा थुप्रिएको प्लास्टिकको बोतल, थैला, पाउच अनि फोहोर-मैला सफा गर्न पर्ने आवश्यकता देखिएको छ। प्लास्टिकको बोतल, थैला, पाउच, विभिन्न जिनिसलाई यसरी नफालेर सही स्थानमा फाल्ने अथवा रिसाइकलको निम्ति पठाउने दायित्वलाई जनसाधरणले पनि बुझ्न पर्ने पनि आवश्यकता देखिएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ