विषादी हालिएको तरकारीबाट कसरी बच्ने ?

Share this news

काठमाडौँ — तपाईं कस्तो तरकारी किन्दै हुनुहन्छ ? टलक्क टल्किने, ताजा देखिने वा अलिअलि किरा लागेको, ओइलिएको ? स्वाभाविक रुपमा तपाईंको पहिलो रोजाइ टलक्क टल्किने ताजा तरकारी पर्छ । तर, यस्तै तरकारीमा विषादीको मात्रा बढी हुने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अध्ययन-अनुगमनले टलक्क टल्किने तरकारीभन्दा अलिअलि ओइलिएको तरकारीमा कम विषादी हुने गरेको छ । त्यस्तै, बेमौसमीको तुलनामा मौसमी तरकारीमा विषादी कम हुने गरेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जन बताउँछन् । धेरैजसो विषादीको अवशेष तरकारीमा एक सातासम्म रहने उनले जनाए ।

‘हेर्दा राम्रो देखिने भए पनि विषादीको सम्भावना त्यस्तै तरकारीमा हुन्छ । अलिअलि किरा लागेको, ओइलिएको तरकारीमा विषादीको अवशेष कम हुन्छ,’ महर्जनले भने, ‘बढी फलाउने, किरा लाग्न नदिने सोचाइका साथ विषादीको प्रयोग बढ्दो छ । तर कति मात्रामा प्रयोग गर्ने किसान सचेत छैनन् ।’

कृषकले मनलाग्दी विषादी प्रयोग गर्दा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तालाई पर्छ । हानिकारक विषादीले सर्वसाधरणमा विभिन्न रोग निम्त्याउँछ । विषादीले प्रजनन स्वास्थ्यमा समेत नकरात्मक असर पुर्‍याउँछ भने क्यान्सरको जोखिम बढाउँछ । महर्जन भन्छन्, ‘पहिलो प्राथमिकता अर्गानिक तरकारीको प्रयोग नै हो । अन्य तरकारीको हकमा केही सावधानी अपनाउन जरुरी छ ।’

तरकारी कसरी सफा गर्ने ?
महर्जनका अनुसार तरकारीलाई भाँडोमा डुबाएर धुनुभन्दा धारा वा बग्दो पानीमा राम्रोसँग सफा गर्नुपर्छ । त्यसरी सफा गर्दा पाराथाइराइड विषादीको मात्रा केही कम हुन्छ । ब्याक्टेरिया र फोहोरसमेत पखालिएर जान्छ । त्यस्तै, नुन वा खाने सोडा सफा पानीमा मिसाएर १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा केही घट्छ । महर्जनले भनेजस्तै कृषि विकास निर्देशनालयले सार्वजनिक गरेको विषादीबाट बच्ने उपायमा पनि सोही कुरा उल्लेख छ । आधा कप भिनेगर २ कप पानीमा १० देखि १५ मिनेट डुबाउँदा पनि विषादीको मात्रा घट्छ ।

‘बन्दा, लेटुसजस्ता तरकारीको बाहिरी पात हटाई राम्ररी धुँदा सम्पर्क विषादीको मात्रा घट्छ । धेरै प्रकारका तरकारी खानाले ती खानेकुरामा विषादीको अवशेष औसतमा कम हुन आउँछ,’ निर्देशनालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘पकाउँदा अर्गानोफस्फेट विषादीको मात्रा २० देखि २५ प्रतिशत कम हुने गर्छ । ३० मिनेट उमाल्दा दैहिक विषादी ८० देखि ९० प्रतिशत कम हुने गर्छ ।’ तरकारीलाई सुक्खा हुने गरी वा बफाएर पकाउँदा पनि विषादीको अवशेष कम हुने जनाइएको छ ।

‘तरकारी फ्रिजमा १० डिग्री सेन्टीग्रेडमा ३ देखि ४ दिनसम्म राख्दा विषादीको मात्रा कम हुन्छ,’ महर्जनले भने । त्यस्तै, माटो, पानी, मलको सम्पर्कका साथै भण्डारण गर्दा वा खाद्य चक्रको कुनै पनि तहमा ती सूक्ष्म जीवाणुको प्रवेश हुन सक्छ । तिनको स्वभाव हेरी अक्सिजनको मात्रा घटाउने, पकाउने, अल्ट्रा भ्वाइलेट लाइट दिने वा अन्य उपाय अपनाउनुपर्ने जनाएको छ ।

Share this news
आजको रोजाइ
फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

आजको रोजाइ