वायु प्रदूषण : तत्काल जनस्वास्थ्य आपत्‌काल घोषणा गरी गुणस्तर सुधार गर्न माग

Share this news

काठमाडौँ — वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले संवैधानिकरुपमा स्थापित हकलाई व्यवहारमा सुनिश्चत गर्न सरकारसँग माग गरेका छन्।

महिला र बालबालिकाको क्षेत्रमा कार्यरत महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले शुक्रबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ।

शुक्रबार ओरेकका कार्यक्रम संयोजक तथा अधिकारकर्मीहरू सावित्री विक, कमला पोखरेल, अनुपमा पोखरेल र अम्बिका अमात्यले वनमन्त्री शाहीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। ‘काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाकस्तरको वायु प्रदूषणले विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरू र जेष्ठ नागरिकहरू तथा सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकहरूमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने मौलिक अधिकार व्यवस्था गरेको छ। यद्यपि, हालको वायु प्रदूषण संकटले यो संवैधानिक अधिकारको उल्लंघन गर्दै जनस्वास्थ्यमा गम्भीर खतरा सिर्जना गरेको छ।’

काठमाडौँका अस्पतालहरूमा देखिएको बिरामीको चापले पनि श्वासप्रश्वास सम्बन्धी आपत्‌कालीन घटनाहरूमा वृद्धिको संकेत गरेको उनीहरूको भनाइ छ ।

उनीहरूले वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै, अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने तथा मानव अधिकार र पर्यावरणीय न्यायप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ