रेल लोकोसेड तर्फको थुनिएको नाली खोल्न पर्ने अनि व्यस्थित गर्न पर्ने माग

Share this news

खरसाङ, (निसं)ः खरसाङ मोटर स्ट्याण्डदेखि रेल लोकोसेड अनि त्यहाँदेखि धोबी खोला तर्फको नाली खोल्न पर्ने अनि व्यस्थित राख्न पर्ने माग उठिरहेको छ। मोटर स्ट्याण्डदेखि धोबी खोला तर्फ रेलको लिक रहेको स्थानको नाली वर्तमानमा पुरिएको अथवा बन्द भएकोले वर्षाको समयमा भल बाहिर सड़कमा बगिरहेको मानिसहरूको गुनासो छ। मोटर स्ट्याण्डबाट धोबी खोला तर्फ बग्ने भलको निम्ति केही बर रलेको लिक रहेको स्थानमा एउटा कलभर्ट रहेको तर वर्तमानमा उक्त नाली अनि कलभर्ट थुनिएको हुनाले भल सबै बग्न नसक्ने भएकोले त्यहाँबाट बाहिर सड़कमा अनि रेलको लिकै लिक भएर धोबी खोला तर्फ बग्ने गरेको मानिसहरूले बताएका छन्‌‍। ठूलो वर्षाको समयमा भल सड़कै सड़क अनि रेलको लिकै लिक बग्दा समस्याको सामना गर्न परिरहेको पनि मानिसहरूको गुनासो छ। यहाँबाट बगेको भल सड़कै सड़क धोबी खोलासम्म पुग्ने गरेको पनि जनसाधरणको गुनासो छ। वर्षाको समयमा बगेको भल रेलको लिक रहेको स्थानमा जमा भएर बस्ने गरेकोले जमिएको पानीमा लामखुट्टेले आफ्नो लार्भा हुर्काउने सुगम स्थान पाउने भएकोले यसको कारण डेङ्गु, मलेरिया जस्ता बिमारी फैलन सक्ने समेत मानिसहरूको आशंका रहेका छ। यहाँबाट बगेको भल सड़कै सड़क बग्ने गरेको र यो सड़क राष्ट्रिय राजमार्ग 110 अति व्यस्त सड़क रहेकोले गाड़ीको चलाचलमा सड़कमा हिँड़िरहेका मानिसहरू गाड़ीले भल उछिट्याएर भज्ने गरेको बताएका छन्‌‍। सड़क किनार दोकान गरेका कतिपय दोकानेहरूले सड़कमा बगिरहेको भल द्रुत गतिमा चलेको गाड़ीले उछिट्याउदा दोकानसम्म आउने गरेको पनि गुनासो गरेका छन्‌‍। यो समस्याको सामाधानको निम्ति रेलको लिक तर्फ रहेको नाली खोल्न पर्ने, कलभर्टलाई भल बग्न सक्ने बनाउन पर्ने अनि उचित व्यस्थापन गर्न पर्ने जनसाधरणको माग रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ