रंगबुलको गोर्खा बस्तीमा भागोप्रमोको सभा सम्पन्न

Share this news

सोनादा , (निसं): भारतीय ग्रोर्खा प्रजातान्त्रिक मोर्चा रंगबुल समन्वय समितिका संयोजक लक्ष्मण ठकुरी, रंगबुल ग्राम पञ्चायत प्रधान योजना सुब्बा, पञ्चायत समिति सदस्या याङ लमू शेर्पा, पञ्चायत सदस्य एनोस हाङ सुब्बा आदिको उपस्थितिमा एउटा सभा गोर्खा बस्ती सार्वजनिक भवनमा शाखाको सभापति अर्जुन थापाको अध्यक्षमा सम्पन्न गरियो। यस सभालाई निर्मल छेत्रीले सञ्चालन गरेका थिए। सबै भातृ सङ्गठनहरू यस सभामा उपस्थित थिए। सभामा शिक्षक सङ्गठन, पे ब्याण्ड कर्मचारी, आशाकर्मी, आँगनवाडी, भीबीडी, भूतपूर्व सैनिक सङ्गठन, गाउँ समाजका वरिष्ठ नागरिकहरू उपस्थित थिए। सभामा सबैको सुझाव र सल्लाह अनुसार गोर्खा बस्तीको कतिपय अधुरो रहेको विकासमूलक कार्यलाई अघि बढ़ाई दिने भनी ग्राम पञ्चायत प्रधानलाई पनि जानकारी गराएका छन्‌‍। यसको साथै जमीन बिषय साथै चुनाव आयोगद्वारा जारी गरिने दस्तावेज सम्बन्धमा पनि बीएलओ सुरेन छेत्रीद्वारा प्रकाश पारेका थिए। सबैको सुझाव सल्लाह अनुसार यस सभाले शाखा समितिमा केही फेरबदल गर्दै नयाँ ढाँचामा शाखा समिति गठन गरेको छ। यसको साथै जोनल समिति गठनाको लागि तीनजना सदस्यहरू क्रमैले सुरेन छेत्री, रामा सुब्बा र सुशील राईलाई चयन गरियो भनी प्रचार प्रसार सचिव शेरेप छिरीङ लेप्चाले पत्रकारहरूलाई बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ