जीर्ण अवस्थाको मिनी मार्केटको कारण चार परिवार जोखिममा

Share this news

खरसाङ, (निसं) खरसाङको मोटर स्ट्याण्डमा रहेको पुरानो मिनी मार्केट अथवा अग्रवाल स्टोर जीर्ण अवस्थामा पुगेको छ। काठ अनि टीनद्वारा निर्मित उक्त मिनि मार्केट जीर्ण अवस्थामा पुगेर ढल्ने स्थिति बनेपछि त्यहाँदेखि तल बसिरहेका मानिसहरू चिन्तामा परेका छन्‌‍। यस मिनि मार्केटको काठको खाँबोहरू मक्किएको अवस्थामा रहेको छ भने माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू मक्किएर झरेको अवस्थामा रहेको छ। एक तर्फको छानु पनि उप्किएको अवस्थामा रहेको छ अनि पछिल्तिरको भाग भत्किएर काठहरू झरिसकेको अवस्थामा रहेको छ। यो भवन ढलेको खण्डमा भवनदेखि तल रहेका कल्पना गुरुङ, सञ्जय छेत्री अनि अन्य दुई घर-परिवारलाई निकै जोखिम हुने देखिएको छ। स्थानीय सञ्जय छेत्रीले बताए अनुसार यो मिनी मार्केटको अवस्था अनि यो ढलेको खण्डमा हुन सक्ने जोखिमको बारेमा अवगत गराउँदै सुवेदार बस्ती ग्राम सुधार समितिले केही दिन अघि खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो समेत दिइसकेको छ। यो भवनदेखि तल बसिरहेका मानिसहरूले यो भवनको अवस्था यस्तो जीर्ण र जोखिमपूर्ण रहेकोले राति निद्रा नलाग्ने गरेको बताए। भवनको मुनि घर रहेका सञ्जय छेत्रीले भने, यो मिनी मार्केटको धेरै वर्षदेखि बन्द अवस्थामा रहेको छ। बन्द अवस्थामा त्यतिकै छोड़िएको यो भवन वर्तमानमा मक्किएर ढल्ने स्थितिमा पुगेको छ। पूर्ण रुपले काठ अनि टीनले निर्मित यो भवनको खाँबोहरू मक्किएको अवस्थामा रहेको छ। माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू पनि मक्किएर झरेपछि खतरा अझ बढ़ेको छ। कुनै पनि समय भवन ढल्न सक्ने स्थिति बनेको छ, भवन ढलेको खण्डमा म लगायत अन्य तीन परिवारलाई जोखिम हुनेछ। भवनको यस्तो अवस्थाको बारेमा अवगत गराउदै यसलाई भत्काइनु पर्छ भनी माग गर्दै हाम्रो ग्राम सुधार समितिका सचिवले खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो पनि बुझाइसकेका छन्‌‍। यो भवनको कारण जोखिममा परेका हामी सम्पूर्ण परिवार भवनलाई भत्काएर हामीलाई सुरक्षा प्रदान गरियोस भनी माग गर्दछौँ भने।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ