महँगो साग-सब्जीले साधरण मानिस समस्यामा

Share this news

खरसाङ, (निसं): वर्तमानमा साग-सब्जीको मूल्यमा भएको वृद्धिले साधरण मानिसहरू मर्कामा छन्‌‍। अहिले खरसाङ्मा टमाटरको मूल्य 80-90 रुपियाँ किलोग्राम रहेको मानिसहरूले बताएका छन्‌‍। कतिपयले दुई दिन अघि टमाटर मूल्य 1 सय 20 रुपियाँंमा खरिद गरेको पनि गुनासो गरेका छन्‌‍। अहिले खरसाङ्मा पोटलको मूल्य 80 रुपियाँ किलो, भेन्डी 80 रुपियाँ किलो, करेला 80 रुपियाँ किलो, आलु होल्याण्ड 30 रुपियाँ किलो, भोटान आलु 45 रुपियाँ किलो रहेको पाइएको छ। यसरी साग-सब्जीको मूल्यमा भएको वृद्धिको कारण निम्न वर्ग अनि निम्न मध्यवर्गीय परिवारलाई निकै समस्या भइरहेको थाहा लागेको छ। खरसाङ्को मन्टभियट निवासी एक गृहणीले वर्तमानमा साग-सब्जीको मूल्य अधिक रहेकोले आफूले स्कूसको मुन्टा र निगुरोले छाक टार्ने गरेको बताएकी छन्‌‍। तिनले आफ्नो पति दैनिक मजदुरीको काम गर्ने गरेको बताउदै वर्तमानमा इस्लामपूरका मजदुरहरूको संख्या धेरै भएकोले नियमित पतिले काम पनि नपाउने गरेको र यस्तो अवस्थामा महँगो साग-सब्जी खरिद गर्न पर्दा निकै समस्या हुने गरेको बताइन्‌‍। यस बारेमा सब्जी बिक्रेताहरूसित प्रश्न गर्दा अफूहरूले सिलगढ़ीबाट खरिद गरेर ल्याउने गरेको र सिलगढ़ीमा अधिक दाम भएपछि त्यस्तै हिसाबले बिक्री गर्न पर्ने बताए। कतिपयले सिलगढ़ी अनि पहाड़को गाउँ-बस्तीबाट साग-सब्जी अधिक मूल्यमा आफ्नो दोकानमा आइरहेको, वर्षाकालमा प्रत्येक वर्ष यस्तै हुने गरेको बताए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ