भागोपले मेजर दुर्गा मल्लको सालिग गिद्धेको रक गार्डनमा स्थापिक गर्ने

Share this news

खरसाङ, (निसं)ः भारतीय गोर्खा परिसङ्घ खरसाङ क्षेत्रीय समितिले शहीद मेजर दुर्गा मल्ला बलिदान दिवस अनि नेपाली भाषा मान्यता दिवस एकै साथमा सोमवार पालन गऱ्यो। खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न गरिएको यस कार्यक्रम परिसङ्घका खरसाङ क्षेत्रीय समिति अध्यक्ष सहदेव चामलिङ्को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन रचना अनाकारले गरेकी थिए। कार्यक्रममा मुख्य अतिथिको रुपमा परिसङ्घका उपाध्यक्ष डीकेराई रहेका थिए अनि विशिष्ट अतिथिको रुपमा गोर्खा जनपुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधान, परिसंघका पूर्व पदाधिकारीहरू विनोद शर्मा, आईएन शर्मा, तुलसी अधिकारी, पम्फा हमाल अनि अन्यान्य उपस्थित रहेका थिए। मुख्य अतिथि, कार्यक्रम अध्यक्ष अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट शहीद मेजर दुर्गा मल्लको तस्वीरमा धुप-दीप प्रज्जवलनपछि आरम्भ गरिएको यस कार्यक्रममा वरिष्ठ साहित्यकार ग्याल्पो लामा अनि दीपक ठटाल जलनले कविता अनि गजल पाठ गरेका थिए। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै आईएन शर्माले शहीद मेजर दुर्गा मल्ल अनि आईएनएको बारेमा विस्तृत रुपमा प्रकाश पारे । तिनले भने, 1 जुलाई 1913 को दिन शहीद दुर्गा मल्लको जन्म देहरादुनमा माता पार्वती देवी अनि पिता गंगाराम मल्लको कोखबाट भएको थियो। दुर्गा मल्लले कक्षा 7 सम्म पढ़ेका थिए। त्यस समय सबैले सेनामा जाने उपदेश र प्रोत्साहन प्रदान गर्ने गर्थे। दुर्गा मल्लका पिता पनि सेनामा सुवेदार थिए। त्यसैले दुर्गा मल्ला पनि सेनामा गए। दुर्गा मल्लले धेरै लेख, कविता, गीत, कथा लेखेका छन्‌‍। तिनी भारतीय ब्रिटिश सेनामा भर्ती हुँदा दोस्रो विश्व युद्ध शुरु भइसकेको थियो। मेजर दुर्गा मल्ल विशेष बर्माको रङ्गुनमा खटिएका थिए। मेजर दुर्गा मल्ल बर्मामा जापानी सेनाद्वारा पक्राउ गरिएका थिए। यसरी जापानीहरूद्वारा समातिएका सेना अनि अन्य भारतीय ब्रिटिश सेनाहरूद्वारा त्यस समय आईएनए आरम्भ गरियो। आईएनए आरम्भ गर्ने मोहन सिंह थिए। पछिपाट आईएनएलाई नेताजी सुभाषचन्द्र बोसले सम्हालेका थिए। आईएनएमा सामेल भएर देशको स्वतन्त्रताको निम्ति लड़दा लड़दै मेजर दुर्गा मल्ल समातिएका थिए। तिनलाई अजकै दिन 25 अगस्त 1944 मा मृत्यु दण्ड दिइएको थियो। कार्यक्रममा बल्दै मुख्य अतिथि डीके राईले भारतीय गोर्खा परिसङ्घले गरेका कार्यहरू अनि आगामी दिनमा सम्पन्न गर्नलाई रुपरेखा तयार पारिएका कार्यक्रमहरूको बारेमा बताए। तिनले शहीद मेजर दुर्गा मल्लको सालिग स्थापना गर्नको निम्ति कोषको आवश्यकात रहेको बताउदै कोषको निम्ति कसरी कार्य गर्न पर्ने त्यस बारेमा चर्चा गर्नु पर्ने आवश्यकता रहेको बताए। तिनले भने, संसद भवन परिसरमा मेजर दुर्गा मल्लको सालिग स्थापना गर्नमा परिसंघका संस्थापक अध्यक्ष दिलकुमारी भण्डारी सीके श्रेष्ठ अनि अन्य अग्रजहरूको ठूलो भूमिका छ। तिनीहरूको प्रयासको फल हो, आज सर्वभारतीय स्तरमा भारतीय गोर्खा परिसङ्घले कार्य गरिरहेको छ। हामीले खरसाङ्मा मेजर दुर्गा मल्लको सालिग स्थापना गर्दा दिलकुमारी भण्डारी जस्ता अग्रज व्यक्तित्वलाई निमन्त्रण गर्न पर्छ। हामीले उनीहरूको योगदानलाई भुल्नु हुँदैन। कार्यक्रममा बोल्दै असीत राई साहित्यिक मञ्चका सचिव दिपक ठटालले नेपाली भाषा मान्यता दिवस पालन गर्ने जिम्मा सङ्घ-संस्थालाई दिन पर्ने बताउदै राजनीतिक दलहरूले यस्ता कार्यक्रमहरू पालन गरेर राजनीतिक श्रेय लिने कार्य गरिरहेका छन्‌‍ भने। तिनले नेपाली भाषाको महत्वमा कमी आउनुको कारण विद्यालयहरूमा विद्यालय सञ्चालन समितिद्वारा योग्य-अयोग्य केही नहेरेर शिक्षकहरू नियुक्त गरिनु, राजनीतिक हस्तक्षेपमा शिक्षकहरू नियुक्ति गरिनु, अंग्रेजी विद्यालयहरूमा अभिभावकहरूको मोह बढ़ेर जानु, पहाड़वासीमा शीर दिएर हुन्छ कि लात खाएर हुन्छ पैसा प्राप्त गर्नु पर्छ भन्ने प्रवृत्ति रहनुले हो भनी बताए। तिनले भने, भारतीय गोर्खा परिसङ्घको वैचारिक क्रान्तिलाई कसैले बुझ्दैनन्‌‍ अनि बुझ्न पनि चहादैनन्‌‍। अहिले मानिसहरू खेला होबेको पछि छन्‌‍, जता पैसा छ त्यतै थुप्रिन्छन्‌‍। परिसङ्घका खरसाङ क्षेत्रीय समिति अध्यक्ष सहदेव चामलिङले आफ्नो वक्तव्य राख्दै भने, हामीलाई सबैको सहयोग चाहिन्छ, 2001 तिर स्थापित भएको यो संस्थाका पदाधिकारीहरू प्रायः सबै वरिष्ठ नागरिक भइसकेका छन्‌‍। यस संस्थामा युवाहरू आउन आवश्यक छ। यो संस्था भारतमा छाता संगठनको रुपमा रहेको छ। लगभग 22 वटा राज्यमा यसको संगठन छ। तिनले अझ भने, हामीले धेरै अघि आयोजना गरेको सभामा दुईवटा सालिग स्थापना गर्ने निर्णय गरेका थियौँ। हामीले शहीद दलबहादुर थापाको सालिग आईएनए बस टर्मिनसमा स्थापित गऱ्यौँ। शहीद मेजर दुर्गा मल्लको सालिक अस्पतालको नजिक स्थापित गर्ने निर्णय गरेका थियौँ। नगरपालिकाले पनि हामीलाई जग्गाको निम्ति अनुमति दिएको थियो तर पछिबाट अस्पताल रहेको स्थानमा कार पार्किङ बनाउने र कार पार्किङ नबनाएसम्म त्यहाँ साहिल स्थापना गर्न सम्भव नहुने भनिएपछि हामीले जग्गा खोज्ने कार्य गऱ्यैाँ। भरखरै हामीलाई गिद्धेको रक गार्डनमा जग्गा प्राप्त भएको छ। यसै 9 नोभेम्बरको त्यहाँ हामी शहीद मेजर दुर्गा मल्लको सालिग स्थापनि गर्नेछौँ। यो रक गार्डनको नाम पनि हामी गोर्खा शहीद उद्यान भनेर राख्ने विचार गरिरहेका छौँ। यस पार्कमा गोर्खा स्वतन्त्र संग्रामी अनि शहीदहरूको नाम लेख्ने विचार-विमर्श चलिरहेको छ। तिनले मेजर दुर्गा मल्लको सालिग स्थापना गर्नको लागि चाहिने आर्थिक कोषको बारेमा पनि अवगत गराए। कार्यक्रममा परिसङ्घका सचिव लक्ष्मण शर्माले धन्यवाद ज्ञापन गर्दै परिसंघको कार्यमा सहयोगको अपिल गरे।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ