भागोप्रमोको महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा सम्पन्न

Share this news

तीनधारे, 21 जुलाई(निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा महानदी बजारको सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको पर्यवेक्षक सभासद प्रणाम रसाइली, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, पञ्चायत समिति सदस्या सरिता मुखिया लगायत महानदी ग्राम पञ्चायतभित्र पर्ने सातवटा बुथहरुका सभापति सचिवहरुले सम्बोधन गरेका थिए। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको उप सभापति प्रेम प्रधान, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा र उप प्रधान सोनिका तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको संयोजकको रुपमा पञ्चायत समिति सदस्य कुसाङ लामालाई चयन गरिएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत तीनमा भएको गत सभामा घैयाबारी तीन ग्राम पञ्चायतको लागि केवल राईलाई संयोजकको रुपमा चयन गरिएको जानकारी प्राप्त भएको छ। आजको महानदी ग्राम पञ्चायत स्तरीय सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ