अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

Share this news

सोनादा, 26 जुलाई (निसं)ः रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्को आयोजनामा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने भएको छ। यसको लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरु प्रदान गरिने भएको छ, ती बिरुवाहरुलाई कसरी हेरचाह गर्छन्‌‍ भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि कसले राम्रोसितले बिरुवाको हेरचाह गरेका छन्‌‍, त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ। रोटरी क्लब अफ दार्जीलिङले यस प्रतियोगितालाई द ग्रिन थम्प नाम दिएको जानकारी प्राप्त भएको छ। यसै प्रतियोगितालाई लिएर आज रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्का सभापति विवेक छेत्री र पूर्व सभापति टाँसी पिन्चो रंगबुलस्थित नर्सरीमा आएर बिरुवाहरुको निरीक्षण गरेका थिए। यस प्रतियोगिता विषयमा पत्रकारहरुसित जानकारी गराउँदै रोटरी क्लब अफ्‌‍ दार्जीलिङ्का सभापति विवेक छेत्रीले रोटरी क्लब दार्जीलिङ्को तत्वावधानमा अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने जानकारी गराउँदै यस प्रतियोगिताको नाम माई प्लान्ट-माई रेस्पोन्सिबिटी दिइएको जानकारी गराएका छन्‌‍। उनले प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवा उपलब्ध गराउने र वर्षभरि हेरचाहको आधारमा पुरस्कार प्रदान गरिने बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ