बालुवा खानीमा पुलिस चेकपोष्टको उद्घाटन

Share this news

कम्पोजः शुक्रमणि रसाइली
अलगढा, 30मई (निसं)ः लाभा पञ्चायत समितिद्वारा बलुवा खानीमा पुलिस चेकपोस्टको एकक कार्यक्रमबीच उद्घाटन गरियो। कार्यक्रममा लाभा पञ्चायत समितिका सभापति साङ्गे छोयेम भोटिया, लाभा खण्ड विकास अधिकारी भारती सी बराइक, लाभा थाना प्रभारी मनिषा लामा, पञ्चायत समिति सदस्य बबिता छेत्री, सन्तुक ग्राम पञ्चायतका प्रधान सुमित छेत्री, ट्राफिक प्रभारी लाक्पा डेन्जोङ्पा, इएसआइ सञ्जय छेत्री, खण्ड विकास कार्यालयका अभियन्ता सोनाम लामाआदिको विशेष उपस्थिति रहेको थियो। लाभा पञ्चायत समितिद्वारा पन्ध्रौँ वित्त आयोग मार्फत उक्त पुलिस चेकपोस्ट निर्माण गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूको बाहुलीबाट उक्त नव निर्मित पुलिस चेकपोस्टको रिबन काटेर विधिवत रूपमा उद्घाटन गरियो। राष्ट्रिय राजमार्ग 717 ए हाइवेसित जोड़िएको यस मार्गमा कतिपय समयहरूमा उत्पन्न हुने गरेको ट्राफिक समस्यालाई ध्यानमा राख्दै साथै कानुन व्यवस्थालाई पनि मध्यनजर राखेर उक्त पुलिस चेकपोस्ट सञ्चालन गरिएको पनि जनाइएको छ। यस मार्गलाई राष्ट्रिय राजमार्ग 10 बन्द अथवा बाधित भएको समयमा यसै मार्गलाई नै वैकल्पिक मार्गको रूपमा प्रयोग गरिदै आइरहेको छ। स्मरण रहोस्, विगतका दिनहरूम पनि बलुवा खानीलाई त्यस समय फरेस्ट चेकपोस्ट रहेको थियो। यस ठाउँलाई पुनः आजदेखि पुलिस चेकपोस्टको रूपमा आरम्भ गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ