पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

Share this news

खरसाङ, 25 जुलाई (निसं)ः खरसाङ्को पुष्परानी रोय मेमोरियल उच्चत्तर माध्यमिक विद्यालयमा व्यवस्थित मतदाता शिक्षा एवं चुनावी सहभागिता (एसभीईईपी) कार्यक्रम सम्पन्न भयो। विद्यार्थीवर्गलाई मतदानको बारेमा जागरुकता प्रदान गर्नको निम्ति चुनाउ आयोगको निर्देशमा आयोजना गरिको यस कार्यक्रममा मुख्य अतिथिको रुपमा विद्यालयकी प्रधान अध्यापिक ललिता भण्डारी उपस्थित रहेकी थिए। यस सचेतना मूलक कार्यक्रममा पाँचौँदेखि बाह्रौँ श्रेणीसम्मका विद्यार्थीहरूलाई मतदान कसरी गरिन्छ, मतदानको प्रक्रिया कस्तो हुन्छ भन्ने विषयमा राजनीति शास्त्रका शिक्षक विदेन्द्र बेलकोटीले विस्तृत जानकारी गराए। विद्यार्थीहरूलाई यस बारेमा सहज रुपमा जानकारी गराउनको निम्ति एउटा पुलिङ बुथ बनाएर पुलिङ अफिसर, पुलिङ एजेन्ट राखेर मतदान गराएर चुनाउमा सहभागिता कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रममा मतदान विषयमा एउटा हाजिरी जवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो। यस प्रतियोगितामा विद्यार्थीहरूलाई चुनाउ प्रक्रिया, चुनाउ आचार संहिता, मतान र चुनाउ आचार संहिताको महत्वको विषयमा प्रश्न गरिएको थियो। आठौँ, नवौँ अऩि दशौँ श्रेणीलाई एउटा झुण्ड, एघारौँ कला अऩि विज्ञान एउटा झुण्ड, बाह्रौँ श्रेणी कलालाई एउटा झुण्ड, बाह्रौँ श्रेणी विज्ञानलाई एउटा झुण्ड गरेर चारवटा झुण्डमा विभाजन गरी प्रतियोगिता सम्पन्न गरिएको थियो। प्रतियोगितामा प्रथम बाह्रौँ श्रेणी विज्ञान अनि आठौँ, नवौँ, दशौँ श्रेणीको झुण्ड दोस्रो स्थानमा रहेको थियो। कार्यक्रममा पाँचौँदेखि बाह्रौँ श्रेणीका विद्यार्थीहरूले नेपाली, अंग्रेजी, हिन्दी, बंगला अनि उर्दू भाषामा आफ्नो भाषा शिक्षकको मर्गदर्शनमा कविता पाठ गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो वक्तव्य राख्दै विद्यालयकी प्रधान अध्यापिक ललिता भण्डारीले विश्वको सबैभन्दा ठूलो गणतान्त्रिक देशको चुनावी प्रक्रियामाथि विद्यार्थीहरूलाई बुझाइन्‌‍। भण्डारीले भनिन्‌‍, आज यस कार्यक्रमबाट विद्यार्थीहरूले चुनाउ प्रक्रिया सम्बन्धमा जति शिक्षा प्राप्त गरेका छन्‌‍, त्यो शिक्षा तथा जानकारीलाई घरमा गएर आफ्नो परिवारका सदस्यहरू, माति-पिता, साथी-भाईहरूलाई बताउन पर्छ। तिनले यो कार्यक्रम मतदानको बारेमा जागरुक लगाउनको निम्ति अति महत्वपूर्ण र सराहनीय कार्यक्रम रहेको बताउदै सबैप्रति आभार प्रकट गरिन्‌‍। यस कार्यक्रमलाई शिक्षक रामु ठटालले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ