खरसाङ क्षेत्रकाहरूलाई नेपाल जान छोटो र सुगम मार्ग पानीघट्टा रोड जीर्ण

Share this news

खरसाङ, (निसं)ः खरसाङ क्षेत्रबाट नेपालको काकरभिटा पुग्ने छोटो मार्ग हो दुधेबाट बालासन खोला पार गरेर पानीघट्टा, बेलगाछी, नक्साल भएर पानीट्याङ्की पुग्ने सड़क। यहाँबाट दैनिक धेरै गाड़ीहरू हिँड़ने गरेका छन्‌‍ भने ती मध्ये धेरै गाड़ी नेपालको काकरभिटा जाने अथवा काकरभिटाबाट आउने गरेको पाइएका छन्‌‍। नेपाल आउ-जाउ गर्न मात्र होइन, पानीघट्टा, च्याङ्गा, कटहरे, पुटुङ्को खोपरेल, लोहागढ़, बेलगाछी, निरपानी बस्तीकाहरूलाई खरसाङ, दार्जीलिङ आउनको निम्ति यो सड़क छोटो र सुगम सड़क हो। यसै सड़क भएर बाघडुग्रा, नक्साल संलग्न क्षेत्रबाट धेरै पर्यटकहरू दुधे क्षेत्रमा घुम्न आउने गरेका पनि पाइएको छ। वर्तमानमा यो सड़क दुधेदेखि उता बालासन पारी पानीघट्टासम्म भत्किएको अवस्थामा रहेको पाइएको छ। सड़क भत्किएर जग्गा जग्गामा खाल्डा बनेकोले गाड़ी चालक, मोटर बाईक सवार, स्कुटी सवारहरूलाई निकै समस्या भइरहेको छ। वर्षाको समयमा सड़कको खाल्डाहरूमा पानी जमिने भएकोले चालकहरू अझ समस्यामा पर्ने गरेका छन्‌‍। खाल्डामा पानी जमिएकोले खाल्डाको गहिराइको अनुमान लगाउन नसकेर लड़ेको कतिपय बाईक सवारले यस सम्वाददातालाई बताए। बागडुग्राबाट दुधे घुम्न आएका एक मोटर बाईक सवार पंकज रोयले भने, हामी समय समयमा यहाँ घुम्न आउने गर्छौँ। पानीघट्टादेखि उताको सड़क ठिकै छ तर पानीघट्टादेखि दुधेको पूलसम्मको सड़कको अवस्था ठिक छैन। सड़क भत्किएको छ, त्यसैमाथि अहिले वर्षाकालमा सड़कको खाल्डामा पानी जमिएर अझ समस्या हुने गरेको छ। बागडुग्रा क्षेत्रबाट यहाँ धेरै मानिसहरू घुम्न आउने गर्छन्‌‍। कतिपय गाड़ीमा आउछन्‌‍ भने कतिपय मोटर बाईक वा स्कूटीमा आउछन्‌‍। यो सड़क वर्तमानमा एउटा व्यस्त सड़क हो। यसको मरमत गर्नु पर्ने हो। पानीघट्टाका एक व्यक्तिले वर्तमानमा खरसाङ, दार्जीलिङ अनि पहाड़को अन्य क्षेत्रसित पानीघट्टालाई जोड़ने यो सड़क एउटा मुख्य मार्ग रहेको बताउदै पानीघट्टाबाट खरसाङ, दार्जीलिङ दैनिक गाड़ी यसै सड़कबाट चल्ने गरेको बताए। तिनले पानीघट्टा अनि खरसाङ र संलग्न क्षेत्रकाहरूलाई नेपाल जानको निम्ति छोटो र सजिलो मार्गको रुपमा रहेको यस सड़कको मरमति गरेर सुविधा युक्त बनाउन पर्ने बताए।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार