पशु-प्राणीलाई लिएर स्वास्थ्य शिविरको आयोजन

Share this news

खरसाङ, 15 जुलाई (मोहन प्रसाद): खरसाङस्थित न्टभिएट ग्राम सुधार समिति अनि मन्दिर निर्माण कमिटीको संयुक्त तत्वाधानमा साथै राज्य पशुप्राणी विभाग खरसाङको सहयोगमा खरसाङस्थित न्टभिएट चिया बगानको तीन नम्बर सार्वजानिक भवनमा एउटा विशेष स्वास्थ्य शिविरको आयोजना गरियो । पत्रकारहरूलाई उक्त शिविर बारे जानकारी गराउँदै न्टभिएट ग्राम सुधार समितिका अध्यक्ष प्रणय रोकाले जनाए अनुसार समितिद्वारा नमानसको हितमा वर्षेनी विविध कार्यक्रमहरू आयोजना गरिने गरिन्छ । जनमानस संगै मानिसको दायित्व पशुप्राणीको हितमा पनि कार्य गर्न पनि हो। गाँउमा रहेकपशुप्राणीमा रेबिज जस्ता घातक रोगका साथैे अन्य रोगहरू नफैलिएओस् भन्ने कुरोलाई ध्यानमा राखेर पशु स्वास्थ्य शिविरको आयोजना गरिएको हो। यस शिविरमा भुस्याहा कुकुरहरू लगभग 30 वटा पाल्तु कुकुरहरूलाई अनि 20 वटा बिराललाई एन्टी रेबिजको खोप लगाईयो अऩि कुकुर अनि बिरालको आँखा अनि कानको स्वास्थ्य जाँच पनि गरियो शिविरमा क्षेत्रमा रहेकलगभग 80- 90 वटा सुँगुरलाई विटामिन अनि जुगाको दवाई दिईयो।लगभग पाँच वटा गाई अनि 10-12 वटा खसीबाख्रालाई भिटामिन बी कम्प्लेक्स, क्याल्शियम अनि डायरियाको दवाई पनि खुवाइयो । यसक अतिरिक्त 3 सय कुखुरैक निम्ति भिटामिन बी कम्प्लेक्सको तरल दवाई गाउँवासीमा वितरण गरियो। कार्यक्रममा भेटेनेरी डाक्टर सुडेनला छिरिङ भुटिया, तिनका सहयोगी अनिता रसाइली, सोना लामा साथै प्रतिभा योञ्जनको उपस्थिति थियो। त्यसरी नैग्राम सुधार समितिका अध्यक्ष प्रणय रोका संगै सचिव आशिष राई, प्रमिला सुब्बा, सरोजा राई , संगीत विश्वकर्मा अनि अन्य सदस्यहरूको उपस्थिति थियो भने  मन्दिर निर्माण कमिटीको पक्षबाट वीरमान तामाङ, सृजना तामाङ, तारा तामाङ, सुधा सुब्बा, सुवर्ण राई, निलम तामाङ अनि अन्य सदस्यहरूको उपस्थिति थियो । रोकाले भने, आउँदो दिनमा पनि यसरी नै सबैको सहयोगमा पशुप्राणीको निम्ति कार्य गरिनेछ । सबैले यी नबोल्ने पशुप्राणीहरूलाई माया साथै सेवा गर्न आवश्यक रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ