पङ्खाबारी रोडमा पचार दिन भित्रमा आधा दर्जन भन्दा अधिका गाड़ी दुर्घटना

Share this news

खरसाङ, (सुवास छेत्री): प्रायः पचास दिनको अवधिभित्र पङ्खाबारी रोडमा आधा दर्जनभन्दा धेर गाडी दुर्घट भइसकेको कारण सबैलाई चिन्तामा पारेको छ। गत 4 अक्टोबर आएको विनाशकारी पैह्रोको कारण रोहिणी रोडको एक ठाउँमा पैह्रो गएर रोड बाधित बनेपछि सिलगढी-खरसाङ-दार्जीलिङ माझ चल्ने अधिकांश गाडीहरू पङ्खाबारी रोड अनि राष्ट्रिय राजमार्ग भएर कुदिरहेका छन्‌‍। यसै क्रममा पङ्खाबारी रोडमा प्रायः पचास दिनभित्रमा आधा दर्जनभन्दा धेर गाडी दुर्घटना भएको छ। घटनामा तीनजनाको ज्यान समेत गइसकेको छ भने धेरैजना घाइते भएका छन्‌‍। बिहीवार पनि यहाँ एउटा गाडी दुर्घटनाग्रस्त भएपछि पचास दिनभित्रमा आधा दर्जन जति गाडी दुर्घटना भइसकेको छ। यसरी गाडीहरू पङ्खाबारी रोडमा पटक-पटक दुर्घटना हुनुका धेरै कारणहरू मध्ये एउटा त सडक साँघुरो भएको हो भने अर्को कारण केही चालकहरूलाई यस सडकबारे सटीक अनुभव नहनुले हो भनी बताउँछन्‌‍ यस सडक भएर प्रतिदिन हिँड्ने चालकहरू। विशेषगरी मधेस क्षेत्रका चालकहरू जो प्रथमचोटि अथवा एक वा दुइचोटि मात्र यस सडकबाट भएर गाडी कुदाइरहेका छन्‌‍ उनीहरूलाई सडकको बनावटबारे थाहा हुँदैन, त्यसर्थ उनीहरूले प्रायजसो तीन नम्बर गियरमा गाडी कुदाउँछन्‌‍, जसको कारण अधिक ओह्रालो अथवा छोटो गोलाइमा गाडीले नियन्त्रण हराउँदा गाडी दुर्घटना हुन्छ भन्ने भनाइ यहाँका अनुभवी चालकहरूको छ। तिनीहरूको सल्लाह अनुसार यस सडकमा प्रायः एक वा दुइ नम्बर गियरमा गाडी कुदाउनुपर्छ। त्यसबाहेक यस पङ्खाबारी सडकमा यति धेरै गाडी दुर्घटना हुनुको अर्को कारण गाडीहरू धेर कुद्नाले पनि हो भनी बताउँछन्‌‍? भने केही चालकहरूले धेरै तेज गतिमा गाडी कुदाइरहेकोले पनि यो सानो अनि साँघुरो सडकमा दुइवटा गाडी छिर्न नसक्दा यसरी दुर्घटना हुने गरेको पनि देखिएको छ। यस प्रकार पङ्खाबारी रोडमा पटक-पटक हुने गाडी दुर्घटनालाई रोक्न सम्बन्धित विभाग अनि प्रशासनले शिघ्र पाइला चाल्नु पर्ने औ यहाँको रोहिणी रोडको पैह्रोलाई पनि चाँडो रोकथाम गरेर सडक सुचारू गर्ने आग्रह यस सडक भएर कुद्ने गाडीका चालकहरूले गरिरहेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ