भाषा मान्यता दिवस अघि नै जीटीए क्षेत्रमा साइन बोर्डहरु नेपाली भाषामा लेखिनुपर्छः सदीप प्रधान

Share this news

खरसाङ, (निसं): जीटीए क्षेत्रमा आगामी 20 अगस्त वा भाषा मान्यता दिवसको दिन भित्रमा सबै साइन बोर्डहरु नेपाली भाषामा लेखिनु पर्ने युवा शक्ति केन्द्रीय समितिका महासचिव सदीप प्रधानले आह्वान्‌‍ गरेका छन्‌‍। नेपाली भाषा प्रयोगलाई लिएर युवा शक्तिको यो अन्तिम आह्वान्‌‍ रहेको पनि उनले जनाएका छन्‌‍। भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको केन्द्रीय महासचिव सदीप प्रधानले एउटा भिडियो जारी गर्दै जीटीए क्षेत्रमा रहेको विभिन्न सरकारी, गैर सरकारी कार्यालयहरु, विभिन्न विद्यालयहरु, गाड़ीको सेण्डीकेटहरुमा साथै अन्य सबै निकायका कार्यालयहरुमा नेपाली भाषामा साइन बोर्डहरु लेखिदिने आह्वान्‌‍ गरेका छन्‌‍। उनले यो आह्वान्‌‍ अन्तिम आह्वान्‌‍ हुने र 20 अगस्तदेखि अथवा भाषा मान्यता दिवसपछि युवा शक्तिले नेपाली भाषा प्रयोगलाई लिएर गम्भीरतापूर्वक लिएर अघि बढ्ने भएको बताएका छन्‌‍। युवा शक्ति केन्द्रीय महासचिव सदीप प्रधानले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको तर्फबाट 3 सेप्टेम्बर 2024 मा नेपाली भाषा प्रयोगलाई लिएर अधिसूचना जारी गरिएको र यस कार्यलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाले युवा शक्तिलाई जिम्मेवारी दिएको थियो अनि उक्त जिम्मेवारीलाई लिएर युवा शक्तिले लगातार कार्य गरिरहेको छ भनी बताएका छन्‌‍। उनले युवा शक्तिको तर्फबाट नेपाली भाषा प्रयोगलाई लिएर यस वर्षको अप्रेल महिनादेखि कार्य गर्दै आइरहेको र यसमा कतिजानाले पालन गर्दै नेपाली भाषामा साइन बोर्डहरु लेख्ने कार्य गरेको तर कतिले अहिलेसम्म नगरेको भन्दै अब सबैले आगामी 20 अगस्त भाषा मान्यता दिवस अघि नेपाली भाषामा साइन बोर्ड लेख््‌‍नु पर्ने आह्वान गर्दै अन्य भाषासितै नेपाली भाषामा पनि लेख्न सकिने बताएका छन्‌‍। हामीले केवल नेपाली भाषामा मात्रै लेखिनुपर्छ भनेका होइनौँ तर अन्य भाषाहरूसितै नेपाली भाषामा पनि साइन बोर्डहरु अनिवार्य रुपमा लेखिनु पर्ने हुन्छ। हामी 20 अगस्तपछि नेपाली भाषा प्रयोगलाई लिएर जोडदारले कार्य गर्दै 23 अगस्तदेखि दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक लगायत सबैतिर सभाहरु गरेर, ऱ्यालीहरु गरेर साथै विभिन्न प्रकारले नेपाली भाषा प्रयोगलाई लिएर सक्रियता पूर्वक कार्य गर्नेछौँ, उनले भनेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ