नमस्ते खरसाङ्को दशौँ स्थापना दिवस समारोह सम्पन्न

Share this news

खरसाङ , (निसं): खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा नमस्ते खरसाङको दशौँ स्थापना दिवस सम्पन्न भएको छ। खरसाङमा समाचार च्यानलको रुपमा सन्‌‍ 2016 मा स्थापना भएको नमस्ते खरसाङ्को दशौँ स्थापना दिवस समारोह विभिन्न जात गोष्ठीका नृत्यहरूको साथमा पालन गरिएको छ। उमेश कार्कीढोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रमको शुरुमा पण्डित आचार्य महेश शर्माबाट स्तुति पाठ गरिएको थियो। अतिथिहरुका बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा गोर्खा समुदायका विभिन्न जात गोष्ठीका नृत्यहरु प्रस्तुत गरिएको थियो। यस कर्यक्रममा तामाङ भाई सराय, तमु गुरुङ, थुम सेजुम लेप्चा, खस हितकारी, नेवार संगठन, शेर्पा एसोसिएसन, मंगर, विश्वकर्म, दमाई, लिम्बु आदिले जातीय नृत्य प्रस्तुत गरेका थिए। यस नृत्य प्रस्तुतिको कार्यक्रमलाई विभिन्न जात गोष्ठी अनुसार सञ्चालन गरिएको थियो, जसमा सञ्जिला मुखियाले तामाङ, निर्मल गुरुङले गुरुङ, सिल्भेष्टर लेप्चा लेप्चा, दिव्यत्तम अधिकारीले खस हितकारी, नेवारको सबिना गिरी, शेर्पाको पासाङ लक्की शेर्पा, विश्वकर्मको सुचिता खाती, दमाईको युवराज सुन्दास, लिम्बुको विश्व सुब्बाले सञ्चालन गरेका थिए। कार्यक्रममा नमस्ते खरसाङ्को प्रबन्ध निर्देशक निर्मल गुरुङसहित नमस्ते खरसाङ्को सबै प्रतिनिधि टोलीलाई नै परिचय गराएर खदार्पण गरिएको थियो। नमस्ते खरसाङ्को दशौँ स्थापना दिवस समारोह गोर्खा जातीय संस्कृति र परम्पराको संरक्षणमा लामो समयदेखि कार्य गर्दै आईरहेका गोर्खा सांस्कृतिक संस्थान्‌‍ खरसाङलाई नमस्ते सम्मान प्रदान गरिएको छ। यस अवसरमा गोर्खा सांस्कृतिक संस्थान्‌‍ खरसाङ्का प्रतिनिधिहरुलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाको बाहुलीबाट खदार्पणसहित सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। उक्त सम्बर्ध्दना पत्र सबिना गिरीले पठन गरेका थिए। कार्यक्रममा अतिथिहरु क्रमैले जीटीएको प्रमुख सल्लाहकार अमर लामाले आफ्नो सम्बोधनमा चिन्हारी भन्ने कुरा कसैले दिएर हुँदैन तर यो चिन्हारी भन्ने कुरा आफैले बनाउनुपर्छ भनी बताएका छन्‌‍। उनले यो चिन्हारी भन्ने कुरा संविधानमा कतै लेखिएको छैन भन्दै विभिन्न जात गोष्ठीका प्रस्तुति देखेर यी सबै गोर्खाको अर्केष्टा हुन्‌‍ भनी बताएका छन्‌‍। अमर लामाले हामी विभिन्न जात गोष्ठीहरुमा विभक्त भए पनि नेपाली भाषाले हामीलाई जोड्ने काम गरेको छ भनी बताए। उनले कार्यक्रममा प्रस्तुत गरिएको दमाई समाजको प्रस्तुति नौलो रहेको बताएका छन्‌‍। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जात जातको विभिन्न गोष्ठी भए पनि हामीले गोर्खात्वलाई बिर्सनु हुँदैन अनि विभिन्न जात गोष्ठीका संस्कार, संस्कृति र परम्पराको पनि संरक्षण गर्नुपर्छ भनी बताएका छन्‌‍। उनले हाम्रो खरसाङ राम्रो खरसाङ बनाउनुपर्छ भन्दै अहिले हाम्रो खरसाङले नै पहाडलाई नेतृत्व गरिरहेको बताएका छन्‌‍।कार्यक्रममा नमस्ते खरसाङ्को तर्फबाट विभिन्न जात गोष्ठीका प्रतिनिधिहरुलाई खदार्पणसहित सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान गरिएको छ। उक्त सम्बर्द्धना पत्र दिव्यत्तम अधिकारीले पठन गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन नमस्ते खरसाङ्को प्रबन्ध निर्देशक निर्मल गुरुङले राखेका थिए। कार्यक्रममा समाजसेवी टीटी लामा, बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे, समाजसेवी दिवस छेत्री, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, जैतुन निशा खातुन, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल, विभिन्न जात गोष्ठीका प्रतिनिधिहरु लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ