दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

Share this news

पंखाबारी, (निसं): पहाड़का दुइजना बालिकालाई सामाजिक सञ्जालबाट फसाएर मधेसका दुइजना विवाहित पुरुषले भगाउन लागेको अवस्थामा खोजी अभियान चलाएर सुरक्षित उद्धार गर्न सकिएको जानकारी प्राप्त भएको छ। गाड़ीधुरा पुलिसको सहयोग अनि भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदाल अनि लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामाको पूर्ण सक्रियतामा पोख्रेबुङ्की दुईजना 19 वर्षीय बालिकालाई 34-35 वर्षका विवाहित पुरुषहरूले भगाउन लागेको अवस्थाबाट उद्धार गर्न सकिएको जानकारी प्राप्त भएको छ। यसबारे जानकारी गराउँदै अनुप गदालले बताए अनुसार पोख्रेबुङ्की 19 वर्षीय दुइजना बालिकालाई सामाजिक सञ्जालबाट विवाहित मधेसका पुरुषहरूले फसाएर भगाउन लागेका थिए। यसबारे तिनीहरूले थाहा पाएपछि गाड़ीधुरा पुलिसको पूर्ण सहयोगमा लङ्भ्यू परिवर्तन मुभमेण्टकी संयोजिका सेमिका लामा अनि तिनले प्रायः दिनभरि धेरै सङ्घर्ष गरेपछि ती बालिकाहरूलाई सुरक्षित उद्धार गरेर आइतवार राती प्रायः आठ बजीतिर तिनीहरूका परिवारलाई सुम्पिए। गदालले यसप्रति विशेषगरी पहाड़का युवा पिँढ़ीलाई सचेत रहने आग्रह गर्दै अभिभावकहरूले पनि आफ्ना नानीहरूको क्रियाकलापबारे जानकारी लिनुपर्ने बताए। तिनले गाड़ीधुरा पुलिस लगायत सहयोगी सबैप्रति आभार प्रकट गरे। सेमिका लामाले पनि हाम्रा नानीहरू अनि अभिभावकहरू मोबाइल फोनमा मात्र व्यस्त रहन्छन्‌‍ औ आफ्ना छोरा-छोरीको दैनिक क्रियाकलापबारे उचित जानकारी लिँदैनन्‌‍ भन्दै सामाजिक सञ्जाल मार्फत हुने अपराधबारे पनि जानकारी लिने औ सचेत रहने अनुरोध गरिन्‌‍।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ